बीपी साहित्य सम्मान नेपाललाई र सेनानी सम्मान दाहाललाई प्रदान गरिने – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

बीपी साहित्य सम्मान नेपाललाई र सेनानी सम्मान दाहाललाई प्रदान गरिने

साहित्यकार ज्ञानमणी नेपाल र राजनीतिज्ञ हाेमनाथ दाहाल (वायाँबाट दायाँ क्रमश)

नयाँ विकल्प,
काठमाडौं । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार इतिहासकार तथा साहित्यकारी ज्ञानमणी नेपाललाई र बीपी सेनानी सम्मान पुरस्कार राजनीतिज्ञ होमनाथ दाहाललाई प्रदान गरिने भएको छ ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कारको राशाी एक लाख एक हजारको रहेको छ भने बीपी सेनानी सम्मान पुरष्कारको राशी ५१ हजार रहेको छ ।


बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो । पुरस्कार बीपी जयन्तीको अवसरमा काठमाडौंमा भदौ २४ गते आयोजित कार्यक्रममा वितरण गरिने छ ।

यसअघि २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्वर्गीय रत्नशम्शेर थापा र बीपीसेनानी सम्मान नुतन थपलियालाई, २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्वर्गीय तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।

२०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्य तर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई, २०७५ मा साहित्य तर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्वर्गीय चक्रप्रसाद बास्तोलालाई प्रदान गरिएको थियो ।

गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काईंला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको ट्रष्टका निर्देशक राजेन्द्र पराजुलीले बताए ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण २३, १९: ५३

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण २३, १९: ५३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण २३, १९: ५३

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...