विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा आयोजना हुने मधानी महोत्सव आजदेखी सुरु भएको छ । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री मा. रानी शर्मा तिवारीले संयुक्त रूपमा मधानी महोत्सवको विधिवत उद्धघाट गरेका छन् । प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण हुने बताए । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरेका छन् ।

‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउछ ।’

नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सबैको चासो रहेको बताउदै उनले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउँनुपर्ने बताए । नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडी बढीरहेको उनले बताए ।

साक्षारता अभियानले मौलापुरको गौरब बढाएको बताउदै उनले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए । शुन्य कर नीतिदेखी लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदहरणीय रहेको बताउदै साहले अरु नगरपालिकाले समेत सिक्ने आइरहेकोमा खुशी व्यक्त गरे ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्धघाटन भएको मधानी महोत्सवमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भईरहेको बताउदै मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसंग गरिन् ।

मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखी सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ फाल्गुन ११, १५: २३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ फाल्गुन ११, १५: २३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ फाल्गुन ११, १५: २३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...