
कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता सुनिलबहादुर थापासहित २० बढी केन्द्रीय सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेको दुई सातामै झापामा जिल्ला समितिदेखि क्षेत्रिय समितिका अध्यक्षसहित ३२ जनाले पार्टी परित्याग गरेका छन् ।
राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई लक्षित गर्दै अध्यक्षको नाममा संवोधन गर्दै दिइएको राजिनामा पत्रमा राष्ट्रिय राजनीतिमा देखिएको परिवर्तनलाई आत्मसाथ गर्न नसकेको र प्रजातान्त्रिक सिद्धान्त र पार्टी पंक्तिमा अनुसान र बैचारिक सिद्धान्त स्खलन भएकोले पार्टी परित्याग गर्नु परेको बताइएको छ ।
तत्कालि राप्रपा संयुक्तको झापाका अध्यक्ष ओमप्रकाश मिश्रसहित सबै पदाधिकारी र जिल्ला सदस्यगरी २७ जना र पाँच वटै क्षेत्रका क्षेत्रिय अध्यक्षहरु केही दिनमै कांग्रेसमा प्रवेश गर्ने उदेश्यले पार्टी परित्याग गरेको हालै राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका किरण गिरीले बताए ।
राप्रपा संयुक्त झापाको पदाधिकारी र सदस्यबाट राजिनामा दिनेहरुमा उपाध्यक्ष चन्द्रबहादुर याङ्या, उपाध्यक्ष विष्णुबहादुर धिमाल, सचिव निरबहादुर कार्की, सहसचिव युद्धप्रसाद लामिछाने, प्रवक्ता लक्ष्मी प्रसाद ढकाल र कोषाध्यक्ष कुलबहादुर धिमाल रहेका छन् ।
त्यस्तै जिल्ला सदस्यहरु विनोद ज्योतिषी, यमुना आचार्य, बाबुराम तामाङ्ग, उमा नेपाल, सिंह राई, श्याम लामा, दुर्गा सेढाईं, धनप्रसाद पौडेल, कनक राजवंशी, इन्द्रमोहन राजबंशी, लख्खीराम किस्कु, सुनिता सोरेन र लिला विश्वकर्माले राप्रपा परित्याग गरेको जनाएका छन् ।
त्यस्तै जिल्ला सदस्यहरु सुशिला सापकोटा, खिनाकुमारी चम्लागाईं, खड्गमाया राई, संगमा खड्का, कनक राजवंशी, रमेश श्रेष्ठ, हरि न्यौपाने र पाँच जना क्षेत्रीय अध्यक्षहरुले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।
तत्कालिन राप्रपा संयुक्तका १ नम्वर क्षेत्रिय अध्यक्ष प्रदीप राजवंशी, २ नम्वर क्षेत्रिय अध्यक्ष मनहरी चम्लागाईं, ३ नम्वर क्षेत्रिय अध्यक्ष साहिला हेमराम, ४ नम्वर क्षेत्रिय अध्यक्ष केशव राजबंशी र ५ नम्वर क्षेत्रिय अध्यक्ष भुवन बुढाथोकीले पनि राजिनामा दिएका छन् ।
राप्रपाले देशभरबाट एउटा मात्र सिट जितेको झापाको क्षेत्र नम्वर १ बाट समेत राप्रपा परित्याग गर्नेहरु कांग्रृेसमा प्रवेश गरेपछि राप्रपाको राजनीतिक भविश्य संकटपूणै देखिन्छ । झापा क्षेत्र नं १ बाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन् भने झापा क्षेत्र नं ५ बाट प्रधानमन्त्री केपी शर्मा ओली संघिय संसदको सदस्य बनेको हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...