मन्त्रालयमै बोलाईयो सिनेट बैठक, स्वास्थ्यमन्त्रीकाे भूमिका शंकास्पद ! – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कराेडाैं अनियमितता

मन्त्रालयमै बोलाईयो सिनेट बैठक, स्वास्थ्यमन्त्रीकाे भूमिका शंकास्पद !



नयाँ विकल्प,

काठमाडौं–कोरोना संक्रमण (कोभिड–१९) का कारण देश आक्रान्त भएको छ। दैनिक जनजीवन ठप्प प्राय भइरहेको छ । लामो लकडाउन पछि आंशिक रूपमा सामाजिक गतिविधि खुलेपनि मानिस जिल्ला बाहिर आउजाउ गर्न सकेका छैनन् ।

यसको सवैभन्दा असर दैनिक ज्यालादारी मजदुर तथा विरामीमा परेको छ । समान्य औंषधि उपचार समेत नपाई दैनिक अकालमा विरामीको मृत्यु भईरहेको छ । विरामी मध्ये पनि सुत्केरी तथा बालबच्चाकाे प्राथमिक उपचार नपाई अकालमा ज्यान जाने खतरामा छन् ।


चैत ११ देखि देशभर लक–डाउनको घोषणा संगै आवत–जावतमा समस्या हुँदा कतिपय विरामी जीवनजल समेत नपाई मृत्युको मुखमा पुगेका छन् । अस्पतालमा विरामीले सहज रुपमा उपचार पाउने अवस्था छैन् ।

अधिकांश निजी अस्पतालले विरामीका लागि अस्पतालको ढोका बन्द प्रायः गरेका छन् । यही कोरोनाले गर्दा आमनागरिक घरभित्र थुनिएर बस्न बाध्य भएकाे बेला नेपालको पूर्वी क्षेत्रको नाम चलेको अस्पताल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने करोडौंको अनियमितता भएको पाईएको छ ।

प्रतिष्ठान अन्तर्गत मातृशिशु भवन निर्माणका लागि २१ करोड वजेट विनियोजन भएकोमा १५ करोड बढी भ्रष्टचार भएको खुलेको छ । मातृशिशु भवनको काम अलपत्र पारिएको छ ।

नयाँ विकल्पलाई प्राप्त सूचनाअनुसार सो भ्रष्टचार ढाकछोप गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सक्रिय रुपमा लागेका छन् । मन्त्री ठकालकै योजना अनुसार कार्यकारिणी समितिलाई छलेर आगामी साउन ३० गते स्वास्थ्य मन्त्रालयमै सिनेट बैठक बोलाएका छन् ।

कार्यकारिणी समितिले तयार पारेर पास गरेको प्रस्ताव मात्र सिनेट बैठकबाट पास गर्नु पर्छ । अस्पताल स्रोतका अनुसार सिनेट सदस्य सहित प्रतिस्ष्ठानका झन्डै ५० सदस्यलाई सिनेट बैठकमा सहभागी हुन पत्रचार गर्ने तयारी भएको छ ।

नेपाल सरकार तथा मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने र उपचार नपाई मृत्यु हुन सक्ने भन्दै सर्वसाधारणलाई अत्यावस्यक परेमा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छन् ।

सरकारले अत्यावस्यक सेवा बाहेकका भेला, सभा, सेमिनार, गोष्ठी नगर्न आग्रह गरिरहेका बेला मन्त्री ढकालले आफ्नै मन्त्रालयमा ५० जना भन्दा बढिको सिनेट बैठक हतारमा किन बोलाए भन्ने प्रश्न उठेको छ ।

सरकारकारी कामकाजका लागि अति अत्यावस्यक भएमा २५ जना नबढनेगरि तथा भौतिक दुरी कायम गरेर मात्र बैठक बस्न मातहतमा सर्कुलर गरेको छ । सरकारको यो निर्णयलाइ मन्त्री ढकालले उपहास गरेका छन् ।

भ्रष्टचार लुकाउने प्रयास

नेपालमा कोरोना संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले विवादास्पद ओम्नी कम्पनीलाई स्वास्थ्य सामाग्री खरिद गर्न दिएको विषय सर्वाधिक विवादमा रहयो । जसलाई ओम्नी प्रकरण पनि भनिन्छ, यसका मुख्य पात्र नै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुन् ।

अव उनी दोस्रो अनियमिततामा समेत फस्ने सम्भावना रहेको प्रतिष्ठान स्रोतले बतायो । स्वास्थ्यमन्त्री ढकालले प्रतिष्ठानको सिनेट बैठक आफ्नै मन्त्रालयमा किन बोलाए प्रश्न उठेको छ ।

कार्यतालिका परिवर्तन भएन भने आगामी साउन ३० गते प्रतिष्ठानकाे सिनेट बैठक स्वास्थ्य मन्त्रालयमा अायाेजना गरी विवादास्पद निर्णय हुने पक्का छ ।

प्रतिष्ठान उच्च स्रोतका अनुसार मातृशिशु भवन निर्माणमा भएको अनियमितता (भ्रष्टचार ) लुकाउन स्वास्थ्यमन्त्री स्वयंले हतार–हतारमा सिनेट बैठक बोलाएका हुन् ।

प्रतिष्ठानमा नेकपा निकट उपकुलपति डाक्टर ज्ञानेन्द गिरी उनै ढकालको सिफारिसमा नियुक्त भएका थिए । उनै गिरी संलग्न विवादास्पद मातृशिशु भवन निर्माण अनियमितता लुकाउन मन्त्री ढकालले चलाखीपूर्ण रुपमा मन्त्रालयमा सिनेट बैठक बोलाएका हुन् ।


कार्यकारीणी समिति छलेर सिधै सिनेटमा प्रस्ताव लगिदै

सिनेटका निर्णयार्थ प्रस्तुत हुने एजेन्डा कार्यकारीणि समितिको बैठकले पास गर्नु पर्ने प्रावधान छ । तर उपकुलपति गिरीले कार्यकारीणी समितिका कतिपय जिम्मेवार पदाधिकारीलाई जिम्मेवारविहिन बनाउँदै, गुमराहमा राखेर प्रस्ताव सिधै सिनेटमा लाने तयारीमा लागेका हुन् ।

प्रतिष्ठानका एक कार्यकारीणि सदस्य भन्छन “यो सरासर अनियमितता लुकाउने प्रयास हो । कार्यकारिणी समितिले प्रस्ताव नै तयार नपारी कसरी सिधै सिनेटमा लान मिल्छ ?”

स्वास्थ्य मन्त्रालयमा बोलाईएको सिनेट बैठकले विवादास्पद मातृ शिशु भवनमा निर्माणको म्याद थप्ने र अनियमित रुपमा भुक्तान गरिएको १५ करोड बढी रकमबारे उठेका प्रश्न लुकाउने उदेश्य रहेको बुझिएकाे छ ।

सो भवनको निर्माण म्याद थप दुई वर्षलाई स्वीकृत गर्ने गरी सिनेटमा प्रस्ताव जाँदै छ ।
प्रतिष्ठानमा भएको भ्रष्टचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले उजुरी परेपछि अनुसन्धान गरीरहेकाे छ ।

कार्यकारिणी समितिलाई छलेर हतार हतारमा सिनेट बैठक बोलाउनु र प्रक्रिया मिचेर पास गराउन खोज्नुको एकमात्र उदेश्य अख्तियारको कारवाही छल्ने प्रयास रहेको बुझिएको छ । मन्त्री ढकालले नियम विपरित सिनेट बैठक त्यो पनि आफ्नै मन्त्रालयमा बोलाउनुले करोडौंको भष्टचारमा उनको समेत संलग्नता हुनसक्ने देखिन्छ ।

प्रतिष्ठानका उपकुलपति गिरीले आफु निकट पदाधिकारीहरुको गोप्य रुपमा छलफल गरी गैरकानुनी रुपमा भुक्तानी गरिएको रकम सदर गराउन लविङ्ग समेत गरेको र प्रलोभन समेत देखाएको स्रोतले दावी गरेको छ ।

आगामी शुक्रबार मन्त्रालयमा बस्ने प्रतिष्ठानको सिनेट बैठकबाट मोरङकाे सुन्दर हरैचा, धरानको छाताचौक तथा काठमाण्डौ बाँसबारीमा रहेको जग्गा ब्यापारीलाई भाडामा दिने र सुन्दर हरैचाको जग्गामा मदन भण्डारीको नाममा अस्पताल निर्माण गर्ने प्रस्ताव सिनेटबाट पास गर्ने तयारी गरिएको छ ।

मन्त्रालयमा हतार–हतारमा बोलाईएको सिनेट बैठकमा प्रतिष्ठान अन्य महत्वपुर्ण विषय तथा कर्मचारीले बषौं देखि राख्दै आएका मागलाई भने कुनै सम्बोधन गर्ने छैन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ श्रावण २६, १६: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण २६, १६: ५२

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ श्रावण २६, १६: ५२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...