गोंगबु हत्याकाण्ड : हत्याकाे कारण आर्थिक लेनदेन र यौन हिंसा – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

गोंगबु हत्याकाण्ड : हत्याकाे कारण आर्थिक लेनदेन र यौन हिंसा

नयाँ विकल्प,

काठमाडौं- गत आइतवार गोंगबुमा सुटकेसमा फेलापरेको पुरूषकाे शवकाे छानिबनपछि प्रहरीले उनकाे हत्याकाे आरोपमा कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ ।

अभियुक्त मुडभरीलाइ प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हाे । हत्यापछि शव लुकाउन सहयाेग गरेकाे आरोपमा अभियुक्त कल्पनाकी १५ वर्षीया छोरी समेत पक्राउ परेकी छन् ।

गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरी फरार रहेकी उनी र उनकी छोरीलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो । बोहराको निर्ममतापूर्वक हत्या गरी शव टुक्रा पारी सुटकेसभित्र फालिएको अवस्थामा फेला परेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडाैले मंगलबार बिहान पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएकाे दाबी गर्दै आमा छाेरीलाइ सार्वजनिक गरेकाे हाे । 

यसरी भयो घटना
मृतक र हत्यारा पौडेल विगत चार वर्षदेखि आपसी चिनजानमा थिए। मृतक बोहराले पौडेलको फोटोलाई टुक्रा पारी उनको टाउकोलाई नांगाे फोटोमा जोडेर फेसबुकमार्फत विभिन्न व्यक्तिलाई पठाएकाे हत्या आरोपी कल्पना मुडभरीले प्रहरीकाे बयानमा बताएकी थिइन ।

आफुलाइ बेइज्जत गर्ने बाेहाेरालाइ पौडेलले बदला लिने उदेश्यले हत्याको गरेकाे प्रहरीकाे प्रारंभिक अनुसन्धानबाट खुलेकाे छ । 

आफ्नाे नाङ्गाे फाेटाे सामाजिक सञ्जालमा आएपछि हत्याकाे आराेपी पौडेल डिप्रेसनमा गएकाे र औषधि खाइरहेकाे खुलेकाे छ । कल्पना श्रीमानबाट अलग भइ छुट्टै बस्दै आएकी थिइन् । दुइजनाबीच अनैतिक सम्बन्ध रहेकाे खुलेकाे छ ।

आरोपी पौडेलले मृतक बोहरालाई गत शनिबार आफ्नो निवासमा बोलाएको र मदिरा पिलाएको प्रहरीले जनाएको छ । 

आरोपी महिलाले मदिरामा निद्रा लाग्ने औषधि मिसाएर पिलाएका कारण मृतक बोहरा बेहोस भएको अवस्थामा महिलाले कपडा खोलेर नांगै बनाएको र हम्मरले हिर्काएर मारेको र सलले घाँटीसमेत कसेको प्रहरीले जनाएको छ । 

त्यसपछि मृतकको शवलाई घिसार्दै लगेर अट्याच बाथरुमको टायलमा राखेर घाँटी काटेको र खुट्टा पनि काटेको प्रहरीले जनाएको छ । ती महिलाले टाउको र खुट्टा जेब्रा झोलामा अनि शरीर सुटकेसमा राख्दा अर्काे कोठामा रहेकी छोरीले घटनाबारे थाहा पाएकी थिइन् । 

त्यसपछि आमाले सुटकेस बोक्ने र छोरीले पछाडिबाट ठेल्ने गरेर फ्याँकेको र पानी परिरहेको समय भएकाले छोरीले आमालाई छातासमेत ओढाउने काम गरेको प्रहरीले जनाएको छ ।  बाेहाेराकाे हत्यापछि उनीहरू चितवन पुगका थिए ।प्रहरीले उनीहरूलाई साेमबार चितवनबाट नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ श्रावण २७, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ श्रावण २७, १३: ३७

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ श्रावण २७, १३: ३७

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...