नेविसंघले किन तोडफोड गर्यो त्रिवि उपकुलपतिको कार्यालय ? – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper
त्रिविवि पदाधिकारीको कार्यकक्षमा तोडफोड

नेविसंघले किन तोडफोड गर्यो त्रिवि उपकुलपतिको कार्यालय ?


नयाँ विकल्प,
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)का उपकुलपतिसहित पदाधिकारीहरु लुटतन्त्र, भागबण्डा र सत्तापक्षका कार्यकर्तालाई नियुक्ति दिनमै व्यस्त भएको आरोप लगाउँदै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार दिउँसो तोडफोडमा उत्रिएका छन् ।

उपकुलपतिसहितका पदाधिकारीहरु लकडाउनका कारण शैक्षिक कार्यक्रमहरु बन्द हुँदा लाखौं विद्यार्थी अध्ययनबाट बञ्चित हुँदा समेत बैकल्पिक उपाक कुनै नदिएको र आर्थिक अनियमिततामै व्यस्त हुन थालेकोले बिरोधका कार्यक्रमहरु गर्दै जाँदा तोडफोडमा उत्रनु परेको नेविसंघको दाबी छ ।

बिरोधका कार्यक्रमहरु गर्दा समेत कुनै सुनुवाई नभएपछि आक्रोसित विद्यार्थीहरु त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोडमा उत्रन बाध्य भएको नेविसंघ त्रिविवि इकाइ सभापति हरि आचार्यले जनाए ।

लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र कल्याप्स हुन लाग्दा समेत कुनै विकल्प नदिएको, परीक्षाको विकल्प दिन माग गर्दा सुनुवाई नभएको र त्रिविवि सत्ताको लाचार छायाँ भन्दा विद्यार्थीको भाविश्य बर्बाद पार्ने बाटोमा लागेकोले ध्यानाकर्षण गराउन आफूहरुले बिरोधको कार्यक्रम गरेको आचार्यले जनाए ।

त्रिविले अनलाइन परीक्षा विधि लगायत केही मापदण्ड तयार पारे पनि त्यसबारे चासो नदिएपछि विद्यार्थीहरु रुष्ट बनका छन् ।

स्नातक तहको नयाँ भर्ना खुल्ने समय भइसकेको, स्नातक तह तेश्रो बर्षका विद्यार्थीहरुको एक शैक्षिक सत्र सकिएको अवस्थामा समेत परिक्षा कहिले र कसरी संचालन गर्ने भन्ने विषयमा त्रिविविले निर्णत त के, छलफल समेत चलाउन सकेको छैन ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ श्रावण २७, १४: ५३

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ श्रावण २७, १४: ५३

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...

एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
  • २०७७ श्रावण २७, १४: ५३

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर...