देउवाले गठन गरेको विभाग खारेज गर्न १२ युवा नेताको दबाब – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper
कांग्रेसमा विभाग गठन विवादमा

देउवाले गठन गरेको विभाग खारेज गर्न १२ युवा नेताको दबाब

नयाँ विकल्प,

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा र प्रदीप पौडेल लगायतका १२ युवाले पार्र्टी सभापति शेरबहादुर देउवाले गठन गरेको १८ वटा बिभाग खारेज गर्न माग गरेका छन् ।

पार्टीका सबै तहको अधिवेशनको मिति तोकिसकेपछि विभाग गठनको नाममा विभिन्न पदमा गरिएको नियुक्तिले महाधिवेशनको आचारसंहिताको ठाडो उलंघन गरेकाले सवै नियुक्ति खारेज गर्न उनीहरुले माग गरेका छन् ।

पार्टी केन्द्रीय सदस्यहरु थापा, पौडेल, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, सरिता प्रसार्इं, रामकृष्ण यादव र किरण यादवले अवैध तरिकाले गठन गरिएको विभागहरुमा नबस्न सवैलाई आह्वान समेत गरेका छन् ।

देउवाको व्यवहार र पार्टीे सिद्धान्तबीच पटक्कै तालमेल नदेखिएको आरोप

उनीहरुले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै विभागहरु गठन गरिनु पार्टीको काम गर्न भन्दा पनि महाधिवेशनलाई प्रभावित पार्ने नियतले भएको अवैधानिक कदम भनेका छन् ।

तत्कालिन सभापति सुशिल कोईरालाको कार्यकालमा पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा देउवाले नै असहमति जनाएकाले तत्काल निर्णय फिर्ता लिएको तर अहिले भने कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक भए ? भनी उनीहरुले प्रश्न गरेका छन् ।

‘हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? बिभागहरुले आफ्ना काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यसबाट महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको छ’, वक्तव्यमा भनिएको छ ।

सभापति देउवाले विवादास्पद र अवैधानिक कार्यहरु गरिरहेकाले महाधिवेशन निर्धारित समयमा हुनेमा र निश्पक्ष हुनेमा समेत उनीहरुले आशंका व्यक्त गरेका छन् । पार्टी नेतृत्वप्रति धेरै दृष्टीकोणबाट असक्षमताका प्रश्नहरु उठिरहेकाले आफुहरु नेतृत्वलाई चुनौती दिनेगरी उत्रिन तयार रहेको चेतावनी ती युवा नेताहरुले दिएका छन् ।

काँग्रेसप्रतिको जनताको भरोसा कमजोर हुदै गएको र पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदै गएको भन्दै ती युवा नेताहरुले काँग्रेसको नेतृत्वले अहिले लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेको र पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

पार्टी सभापति विधानको संरक्षक र पालक हुनुका साथै व्यक्ति नभई संस्था भएकाले कांग्रेसको इतिहास, बिरासत, परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा सभापतिलाई नभएको र अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्र्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार सभापतिसँग नभएको उनीहरुले स्मरण गराएका छन् ।

देउवाको व्यवहार र पार्टीको सिद्धान्तका बीचमा पटक्कै तालमेल नदेखिएको र मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार नभएकोले देउवाको व्यवहारले गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने आफुहरुको नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ श्रावण २७, १७: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ श्रावण २७, १७: १०

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ श्रावण २७, १७: १०

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...