प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
नेकपा विवादः

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

नयाँ विकल्प,

काठमाडाैं-लामाे सययदेखि शक्ति समिकरणकाे विवादमा फसेकाे नेकपा भित्र विवाद समाधानकाे प्रयास सुरू भएकाे छ । विवाद बढदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एक अर्का विच आराेप प्रत्याराेप मै उत्रिएका थिए ।

नेकपाकाे स्थाइ समिति बैठक बाेलाउने विषयमा विवाद चुलिएपछि दुइ अध्यक्ष विच गत साउन २० गते देखि बाेलचान समेत भएकाे थिएन् ।


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेकाे छ । ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो। पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।

बुधबार एक टेलिभिजन संगकाे अन्तरवार्तामा प्रधामनमन्त्री ओलीले नेकपाकाे विवाद पाँच दिन भित्र समाधान गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले त्यसकाे भाेलिपल्टै बिहीबार बिहान छलफलका लागि प्रचण्ड बालुवाटार बाेलाएका हुन् ।

दुइ शिर्ष नेताकाे छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बालुवाटार बालुवाटार स्राेतले जनाएकाे छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण २९, १२: ४०

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण २९, १२: ४०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण २९, १२: ४०

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...