
नयाँ विकल्प,
काठमाडाैं- ललितपुर जिल्ला अदालतले अवैध मृगाैला प्रत्याराेपण काण्डमा पुर्पक्षकालागि थुनामा रहेका १३ जना अभियुक्त धराैटिमा रिहा गर्न आदेश दिएकाे छ ।
एक जना धराैटि बझाउन नसकेका कारण जेल चलान भएका छन् । भने अन्य १२ जना थुना मुक्त भएकाे महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
नक्कली भान्जा बनाएर गैरकानुनी रुपमा मिर्गौंला प्रत्यारोपण गरेको अभियोग लागेका चितवनस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) का चिकित्सकसहित १२ जना धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत ललितपुरले घटनामा संलग्न १३ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसक्दा प्रतिवादी रेश्मा राई भने थुनामा गएकी छिन् ।
अवैध रुपमा मृगौला प्रत्यारोपण गरिएको भन्ने घटनाको सम्वन्धमा मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी कसुर मुद्धाका रेश्मा राई र चारलाख माग भएको धरौटी दाखिला गर्न नसक्दा जेल चलान भएकी छन् ।
त्यस्तै अदालतले मागदावी गरेकाे धराैटी अनुसार जमुना वतास चारलाख,योग्रेन्द्र राज थपलियाचारलाख भिम प्रसाद खनाल फुल्देल ५५ हजार ,राकेश कुमार बर्मा ५० हजार धराैटीमा रिहा भएका छन् ।
त्यस्तै गोपाल महर्जन,नवराज केसी, राज कुमार केसी, राम चन्द्र ढकाल, रमेश काफ्ले,डाक्टर सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती जनहि ५० हजार धराैटिमा रिहा भएका छन् ।सन्ताेष राई २०हजार धराैटिमा रहि भएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...