संयुक्त राष्ट्रसंघद्धारा नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयाेग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

संयुक्त राष्ट्रसंघद्धारा नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयाेग

नयाँ विकल्प,

काठमाडाैं-संयुक्त राष्ट्रसंघ अन्तर्गत अफिस फर प्राेजेक्ट सर्भिसेज ( युएनओपिएस) द्धारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री सहयाेग गरिएकाे छ ।

विहिबार युएनओपिएस काे कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपालका कन्ट्री डाइरेक्टर चार्लेस कालानले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई हस्तान्तरण गरेका हुन् ।

सहयाेग गरेकाे स्वास्थ्य सामग्री करिब ७० लाख रुपैयाँ मूल्य बराबरकाे रहेकाे प्रहरी मुख्यालयले जनाएकाे छ । । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

साे कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुवेर कडायतले संयुक्त राष्ट्रसंघ अफिस फर प्राेजेक्ट सर्भिसेज सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र युएनओपिएस बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे ।


कन्ट्री डाइरेक्टर चार्लेस नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको चार्लेसले सहयाेग गर्न पाएकाे मा खुसी ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण २९, १७: ३२

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण २९, १७: ३२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण २९, १७: ३२

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...