सिन्धुपाल्चोकको जुगल गाउँपालिका लामा टोलमा भिषण पहिराे, पाँच परिवार वेपत्ता – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लामा टोलमा भिषण पहिराे, पाँच परिवार वेपत्ता

नयाँ विकल्प,


काठमाडाैं- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।
पाँच घर परिवारका सदस्यहरु हराइ रहेका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।पहिराे गएकाे स्थानका पाँच परिवारमा कति जना थिए भन्ने पत्ता लागेकाे छैन् । पहिराेले पुरिएका घरका १५ जना भागेर बाच्न सफल भएका छन् ।

सो क्षेत्रमा २५–३० घरहरु पहिराेकाे जोखिममा रहेका छन् । ति घरका मानिसलाइ सुरक्षित स्थानमा ल्याइएकाे छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार पहिराे गएकाे स्थानमा नेपाल प्रहरी , नेपाली सेना तथा सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।

मर्हजनका अनुसार अविरल बर्षा नराेकिएकाेले उद्दारमा समस्या देखिएकाे र क्षतिकाे विवरण आइ नसकेकाे बताए । यसअघि गत १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो ।

जिल्लामा पहिराेका कारण ज्यान गुमाउनेकाे संख्या १८ पुगेकाे छ भने पहिरोमा बेपत्ता भएका २० जना अझै फेला परेका छैनन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ श्रावण ३०, ०८: ५३

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ श्रावण ३०, ०८: ५३

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ श्रावण ३०, ०८: ५३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...