कालिकाेटमा छत खस्दा वडा सदस्यका ४ छाेरा छाेरीसहित ६ काे मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कालिकाेटमा छत खस्दा वडा सदस्यका ४ छाेरा छाेरीसहित ६ काे मृत्यु

नयाँ विकल्प,

काठमाडाैं-कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति घरकाे छत खस्दा च्यापिएर दुइ किशाेरी सहित ६ बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख डिएसपी श्यामबाबु ओलीका अनुसार वडा सदस्य रजबहादुर विष्टको पक्की घरमा रहेकाे जस्ता पाताले बनेकाे छत खस्दा च्यापिएर उनिहरूकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा रजबहादुर विष्टका १८ बर्षीय छाेरी सविना विष्ट,१३ बर्षीय छाेरा पुष्प विष्ट, ११ बर्षीय छाेरा प्रविण विष्ट र छाेरी आशा विष्ट काे मृत्यु भएकाे हाे । साेहि घटनामा छिमेकी डिल्ली बहादुर विष्टका दुइ छाेरी १९ बर्षीय शान्ती विष्ट र १० बर्षीय रेखा विष्टकाे छतले च्यापेर मृत्यु भएकाे छ ।

छिमेकी डिल्ली बिष्टका दुइ छाेरी साेही घरमा सुत्न आएकाे र छत खसेर भएकाे दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।

अनुसार रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो। सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरूलाई पुरेको हो। सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेका थिए र पहिरोले त्यहाँसम्म क्षति पुर्‍याउन नसकेकाले बाँच्न सफल भएको डिएसपी ओलीले बताए ।

हाल मृतक ६ जना बालबालिकाको शव बाहिर निकालिसकिएको छ। यसैगरी जिल्लाकै नरहरीनाथ गाउँपालिकाको कुमाल गाउँको वडा नम्बर १ मा बिहीबार ने गएको पहिरोमा परि हजुबुवा र नाती गम्भीर घाइते बनेका छन्। उनिहरूकाे अवस्था चिन्ताजनक रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ श्रावण ३०, ११: ४०

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ श्रावण ३०, ११: ४०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ श्रावण ३०, ११: ४०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...