मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियोसहित) – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ । लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

प्रवेश पौडेलको शब्द र संगती रहेको गीतको संगती संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ ।

वैवाहिक समारोहमा सरिक हुन आएका युवा युवतीबीच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन् । लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसंगतीमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरीसँग मिलेर गीत निर्माण गरेका हुन् । गीतमा स्वर दिएकी सेन्चुरी पनि वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि कतारमा कार्यरत छिन् ।

उनले कतारमा साप्ताहिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन् । वैदेशिक भूमिमा रहेर पनि पौडेल र सेन्चुरीले नेपाली कला र संस्कृतिमा देखाएको सक्रियता साँच्चै नै प्रशंसनीय छ ।

गीतको भिडियो सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिदेखि नै विभिन्न डिजिटल प्लेटफर्महरूमा प्रचार गरिएको गीतले टिकटक र फेसबुक रिलहरूमा समेत चर्चा बटुलिसकेको छ। ‘आँधीखोले माया’ ले नेपाली लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ । दर्शकहरूले यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न सक्नेछन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ बैशाख ४, ११: ४२

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ बैशाख ४, ११: ४२

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ बैशाख ४, ११: ४२

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...