प्रधानमन्त्री ओलीबारे फेसवुकबाट अफवाह फैलाउने शुनिल प्रहरी फन्दामा – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

प्रधानमन्त्री ओलीबारे फेसवुकबाट अफवाह फैलाउने शुनिल प्रहरी फन्दामा

नयाँ विकल्प,

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही ( हत्या ) गर्न भारतीय सार्प सूटर नेपाल आउँदै भनेर सामाजिक सञ्लेजाल फेसवुकमा लेख्ने शुनिल शर्मालाइ प्रहरीले विहीबार राति पक्राउ गरेकाे छ ।

शर्मालाइ वुढानिलकण्ठबाट पक्राउ गरिएका महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । उनलाइ आजै म्याद थप गरि थप अनुसन्धान गरिने भएकाे छ ।

पक्राउ परेका शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्यागर्न भारतबाट हतियार सहितकाे दस्ता नेपाल आउन लागेकाे भन्दै फेसबुक पाेष्ट गरेका थिए ।उनलाइ शान्ति शुरक्षा जस्ताे विषयमा अनर्गल प्रचार गरेकाे, सामाजिक संञ्जालकाे दुरूपयाेग गरी अफवाह फैलाएकाे आरोपमा थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।

आफूलाई पत्रकार भन्नेर चिनाउने विराटनगरका शर्माले नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला ‘प्रधानमन्त्री ओलीलाई जवाफी कारबाही गर्न भारतबाट सार्प सूटर आउँदै गरेकाे विवरण फेसबुकमा पाेष्ट गरेका थियाे ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण ३०, १२: १२

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण ३०, १२: १२

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण ३०, १२: १२

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...