नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन


नयाँ विकल्प,


काठमाडाैं- लामाे समयदेखि आन्तरिक विवादमा फसेकाे नेकपा विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन गरिएकाे छ ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सो कार्यदल बनाउने सहमति भएकाे हो।

नेकपामा जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदलकाे संयाेजकमा महासचिव विष्णु पौडेलको स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल सदस्य रहेका छन्।

कार्यदललाई सहमतिको खाका छिटाे तयार पार्न निर्देशन दिइएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा ओली प्रचण्ड सहित महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

नेकपा विवाद समाधानकालागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अग्रसरता लिएपछि प्रचण्डले आफूनिकट नेता कार्यकर्तासंग ओलीसँग पछिल्लाे समय भएका छलफलबारे ब्रिफिङ गर्दै आएका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ श्रावण ३०, १३: ४७

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ श्रावण ३०, १३: ४७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ श्रावण ३०, १३: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...