उपत्यकामा एक सय १९ सहित देशभर ५९४ जनामा कोरोना संक्रमण, मृतककाे संख्या ९९ पुग्याे – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

उपत्यकामा एक सय १९ सहित देशभर ५९४ जनामा कोरोना संक्रमण, मृतककाे संख्या ९९ पुग्याे

नयाँ विकल्प,

काठमाडाैं- शुक्रबार उपत्यकामा एक सय १९ सहित देशभरमा ५९४ जनामा कोरोना संक्रमित थपिएका छन् । काेराेना संक्रमण बाट थप चार जनाकाे मृत्यु भएकाे स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे संगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।


देशभर पाँचसय ९४ जनामा कोरोना संक्रमण थपिएकाेमा काठमाडौं उपत्यकामा एकसय १९ जना नयाँ काेराेना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
जसमध्ये काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय ९४ संक्रमित थपिएको जानकारी दिए। थपिएकाे याे संख्या सहित मुलुकभर संक्रमितको संख्या जम्मा २५ हजार ५ सय ५१ पुगेको छ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७७ श्रावण ३०, १६: ५८

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०७७ श्रावण ३०, १६: ५८

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७७ श्रावण ३०, १६: ५८

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...