

नयाँ विकल्प,
काठमाडौं – नेपालको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको एक सय १७ सदस्यीय केन्द्रीय कार्य समितिमा निर्वाचितभन्दा मनोनितकै सक्रियता र प्रभाव बढी देखिएकाे छ ।
कांग्रेसको आगामी १४ औं महाधिवेशनमा मनोनितको तुलनामा निर्वाचितहरुले नै बढी जिम्मेवारी पाउने निश्चित भए पनि हाल संगठनात्मक संरचनामा मनोनीत नेताकै सक्रियता, क्रियाशिलता र प्रभाव बढी देखिन्छ । जवकी एक सय १७ सदस्यीय केन्द्रीय कार्यसमितिमा ६४ जना मात्र निर्वाचित हुन् ।
०७२ फागुनको १३ औं महाधिवेशनले पार्टी बिधान बमोजिम ६५ लाई निर्वाचित गर्यो । निर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि हाल पार्टीमा ६४ निर्वाचित पदाधिकारी र सदस्य छन् । २० मनोनित हुने बैधानिक व्यवस्था छ ।
निर्वाचित महामन्त्री डा.शशांक कोइरालाभन्दा पार्टी संगठन परिचालनमा मनोनित महामन्त्री पूर्णबहादुर खड्काको प्रभाव बढी देखिन्छ । संगठन परिचालन गर्न र सक्रिय तुल्याउन निर्वाचित महामन्त्री डा. कोइरालाको भूमिका निरिह र गौण जस्तै छ ।
उपसभापतिमा मनोनित केन्द्रीय सदस्य विमलेन्द्र निधिको सक्रियता, प्रभाव र हस्तक्षेप पार्टी एकीकरण गरी आएका संसदीय दलका उपनेता (हाल निलम्वित) भएका अर्का उपसभापति विजयकुमार गच्छदारको भन्दा धेरै छ । गच्छदार निरिह जस्तै छन् ।
कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादवभन्दा सहमहामन्त्रीमा मनोनित डा. प्रकाशशरण महतको क्रियाशिलता र प्रभाव पार्टीमा बढी देखिन्छ । उनी पार्टी सभापित शेरबहादुर देउवाका विश्वासयाेग्य नेता पनि हुन्र ।
पार्टीका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, लोकप्रीय मतबाट निर्वाचित डा. शेखर कोइराला, प्रदीप पौडेलको भूमिका पार्टीको निर्णय प्रक्रियामा खासै छैन । तर, केन्द्रीय सदस्यमा मनोनित नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापाको प्रभाव पार्टी र संसदमा दबाबपूर्ण छ ।
पुरानाे पुस्ताका नेता कुलबहादुर गुरुङ निर्वाचित केन्द्रीय सदस्य हुन् । तर, निर्णय प्रक्रिया वा संगठनमा उनको भूमिका निष्कृय प्राय छ । तर, मनोनित केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय र अर्जुनप्रसाद जोशीको भूमिका र प्रभाव पार्टीमा बढी छ ।
केन्द्रीय सदस्यमा निर्वाचित पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी संसदीय दलका पूर्वप्रमुख सचेतक आनन्दप्रसाद ढुंगाना अनुभवी भए पनि उनीहरुको भूमिका पार्टीमा निष्क्रिय छ । तर, मनोनित केन्द्रीय सदस्य उमाकान्त चौधरी र किसोरसिं राठौर अनुशासन समिति जस्ताे प्रभावशाली समितिकाे सदस्य छन् ।
पुराना नेता, पूर्वमन्त्री मानबहादुर विश्वकर्मा निर्वाचित केन्द्रीय सदस्य हुन् । तर उनलाई पार्टीको कुनै पनि भूमिका दिइएको छैन् । अर्थमन्त्रीको रुपमा चर्चा र लोकप्रियता कमाएका प्रखर नेता महेश आचार्य पार्टीमा निष्कृय जस्तै छन् तर, मनोनित श्यामकुमार घिमिरेलाई लेखापरिक्षण प्रमुखको जिम्मेवारी दिइएको छ ।
लोपप्रीय नेता प्रदीप गिरी र पार्टीका पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बढु निर्वाचित केन्द्रीय सदस्य र सांसद हुन । संसदीय मोर्चा र पार्टीको कुनै पनि विभागीय जिम्मेवारी उनीहरुलाई छैन ।
पहिलो पटक केन्द्रीय सदस्यमा मनोनित हरिप्रसाद नेपाल, केशवकुमार बुढाथोकी र शिवप्रसाद हुमागाइलाइ भने विभागीय जिम्मेवारी दिइएको छ । बुढाथोकीले मन्त्रीको समेत अवसर पाइसकेका छन् ।
यी हुन मनोनित नेता
उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत (तर केन्द्रीय सदस्यमा निर्वाचित) ।
नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, चित्रलेखा यादव, दीलबहादुर घर्ती, नरहरी आचार्य, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, हरिप्रसाद नेपाल र राधेचन्द्र यादव मनोनित केन्द्रीय सदस्य हुन् ।
ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, अतहर कमाल मुसलमान, शिवप्रसाद हुमागाईं, शीला शर्मा खड्का, जंगीलाल राय, कर्णबहादुर बुढा, रामजनम चौधरी, मोहम्मद नासिर मियाँ, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा मनोनित केन्द्रीय सदस्य हुन् ।
आमन्त्रित केन्द्रीय सदस्यहरु (२० जना)
नन्दनकुमार दत्त, कुमार खड्का, सूर्यबहादुर केसी, बालकृष्ण पाण्डेय, आनन्द –गोरख) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइारला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधिरकुमार शिवाकोटी, मनोरहनारायण श्रेष्ठ, धु्रव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेकप्रताप शाह, दयाराम पाण्डे, कनकराज कलौनी र भूमिबहादुर (विश्व) गुरुङ ।
निर्वाचित हुने व्यवस्थाको पृष्ठभूमि
०४८को आठौं महाधिवेशनसम्म पार्टीे नेतृत्वको चयन सभापतिवाहेक सबै मनोनितबाट नै गर्ने व्यवस्था थियो । ०५३को नवौं महाधिवशेनमा एक सभापतिसहित प्रत्येक निर्वाचन क्षेत्रबाट एक÷एक जना गरी ५ केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान थपिएको हो ।
०५७ मा पोखरामा भएको पार्टीको दशौं महाधिवेशनमा एक सभापतिसहित १६ केन्द्रीय सदस्य मात्र निर्वाचित हुने प्रावधान राखियो ।
२०६७ को पार्टीको १२ महाधिवेशनदेखि भने सभापति, एक महामन्त्री, कोषाध्यक्षसहित ६५ जना निर्वाचित र २० जना मनोनित गर्ने व्यवस्था थपियो । खुल्ला २५ जना, सात प्रदेशबाट २ का दरले १४ जना, महिला कोटाबाट सात जना, आदिवासी÷जनजाति, मधेशी र दलितबाट पाँच÷पाँच जना र मुश्लिमबाट एक जना निर्वाचित हुने प्रावधान थपिएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...