भारतीय ऊर्जामन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

भारतीय ऊर्जामन्त्रीद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

काठमाडौं : भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री  मनोहर लालले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् ।

मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र  भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् ।

दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे ।

भ्रमणको मुख्य आकर्षणका रूपमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

यस भ्रमणले दुवै देशबीचको ऊर्जा सहकार्यमा प्रतिबद्धता झल्काउने तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
  • २०८२ बैशाख ९, १७: ०३

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...

एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
  • २०८२ बैशाख ९, १७: ०३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
  • २०८२ बैशाख ९, १७: ०३

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ...