प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे। आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए।

सम्बन्धित समाचार

पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
  • २०८२ बैशाख १०, १५: ४६

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...

एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
  • २०८२ बैशाख १०, १५: ४६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...

पावर प्लेमा विराटनगरको ४६ रन, लोकेश बम आउट
पावर प्लेमा विराटनगरको ४६ रन, लोकेश बम आउट
  • २०८२ बैशाख १०, १५: ४६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्सले पावर प्लेमा एक विकेट गुमाउँदै ४६ रन जोडेको...