सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्नभन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नी सापकोटाले शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गरे । साथै आउँदो १२ गतेदेखि संसद अधिवेशन नहुने पनि माओवादीको दाबी छ ।

उनले भने, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नु भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

त्यस्तै, वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा रहेपनि राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको पनि माओवादीको भनाइ छ ।

‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,’ उनले भने ।

वर्तमान दुई दलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको माओवादीको आरोप छ ।

उनले भने, ‘वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार बिरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्गला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हित विपरीत छन् ।’

यसैगरी, भारतको जम्मू–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति माओवादीले घोर भर्त्सना पनि गरेको छ ।

सम्बन्धित समाचार

पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
  • २०८२ बैशाख १०, १५: ४७

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...

एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
  • २०८२ बैशाख १०, १५: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०८२ बैशाख १०, १५: ४७

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...