
काठमाडाैं- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।पहिराेमा पुरिएर ११ जनकाे मृत्यु भएकाे छ ।
पहिराेले पुर्याएकाे क्षति बारे स्थलगत निरिक्षणाका लागी गृहमन्त्री रामबहादुर थापा बादल गृहसचिव महेश्वर न्याैपाने सहित प्रभावित क्षेत्रमा पुगेका छन् ।
गृहमन्त्री थापाले पहिराेले घर विहिन भएका ४० परिवारलाइ अवास्यक खानेकुरा , कपडा लगायत टेन्ट समेत वितरण गरेका छन् । गृहमन्त्री थापाले पहिराे प्रभावीत परिवारलाइ जनहि २ लाख रकम उपलब्ध गराएका छन् ।

अविरल बर्षाका कारण गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् ।
पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११ जनाको शव निकालिएको छ । तत्काल ५ जना घाइतेको उद्दार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएकाे छ ।
पहिरोस्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य सुरु गरिकाे छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजी कार्य जारी छ ।
पहिरोका कारण विस्थापित भएकाहरुका लागि तत्काल राहत सामग्री पठाउने काम भएको छ । बेपत्ताहरुको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहेकाे छ ।

पाँच घर परिवारका सदस्यहरु हराइ रहेका छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।पहिराे गएकाे स्थानका पुरिएर १० जनाकाे मृत्यु भएकाे छ । मृतककाे सनाखत भने हुन बाँकी छ ।
पहिराे गएकाे क्षेत्रमा हराइरहेका पाँच परिवारमा कति जना थिए भन्ने पत्ता लागेकाे छैन् । पहिराेले पुरिएका घरका १५ जना भागेर बाच्न सफल भएका थिए ।


सो क्षेत्रमा २५–३० घरहरु पहिराेकाे जोखिममा रहेका छन् । ति घरका मानिसलाइ सुरक्षित स्थानमा ल्याइएकाे छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार पहिराे गएकाे स्थानमा नेपाल प्रहरी , नेपाली सेना तथा सशस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।









तस्विर साैजन्यः गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराइ बाट
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...