काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार : बालेन – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार : बालेन

काठमाडौं : काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठामाडौं टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले लगाएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् काठमाडौं टावरमा नक्सापासदेखि कसरी अनियमितता भयो भन्ने दाबी प्रमाण उल्लेख गरेका छन् ।

महानगरलाई १ अर्बभन्दा बढीको आर्थिक क्षति हुन सक्ने र ठेकेदारलाई अर्बौंको फाइदा पुग्ने दाबी पनि उनको छ । यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको दाबी छ ।

वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको बालेनले उल्लेख गरेका छन् ।

भवनको नक्सापासको प्रक्रियामा पनि धेरै गम्भीर त्रुटि भेटिएको र महानगरलाई आर्थिक क्षति पु¥याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ ।

‘⁠टावर निर्माण सुरु गर्नुभन्दा पहिला २२ असार २०७२ मा काठमाडौं उपत्यका विकास प्राधिकरणले बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्लाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएको थियो । तर तला थप प्रक्रियामा प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन,’ उनले प्रश्न गरेका छन्, ‘१२ तलालाई १९ तला बनाउँदा पुनः प्लानिङ पर्मिट लिनु नपर्ने हो ? तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन गर्नु नपर्ने हो ?’

भवन निर्माणमा धेरै कुरामा लापरबाही, जबरजस्ती र अवैधानिक काम भएकाले यसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढेको प्रमुख शाहले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
  • २०८२ बैशाख ११, १६: ५३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन्...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
  • २०८२ बैशाख ११, १६: ५३

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८२ बैशाख ११, १६: ५३

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...