भारत सरकारद्वारा नेपाललाई सिकल सेल र थालेसिमियाको खोप हस्तान्तरण – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

भारत सरकारद्वारा नेपाललाई सिकल सेल र थालेसिमियाको खोप हस्तान्तरण

काठमाडौं : भारतले सिकल सेल र थालेसिमिया रोगविरूद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्री प्रदीप पौडेललाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले शुक्रबार खोप हस्तान्तरण गरेका हुन् । भारतले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरुुका लागि २० लाख डलर बरारबको खोप प्रदान गर्ने भएको छ ।

भारतले इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५५० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रेप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) उपलब्ध गराउने भएको हो । भारतले प्रदान गरेको खोप स्वीकार गर्दै मन्त्री पौडेलले भारतको उदार सहायतका लागि धन्यवाद दिएका छन् ।

यी खोपहरूले जनस्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने उनको भनाइ छ । नेपालको स्वास्थ्य सेवा प्रणालीमा भारतको सहयोगप्रति मन्त्री पौडेलले धन्यवाद व्यक्त गरेका छन् । खोप हस्तान्तरण गर्दै भारती राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो मित्रततालाई मध्यनजर गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग जारी राख्ने बताएका छन् ।

उनले द्वपक्षीय पारस्परिक प्रगति र विकासमा नेपालसँग साझेदारी गर्न भारत प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
  • २०८२ बैशाख १२, १४: २९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन्...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
  • २०८२ बैशाख १२, १४: २९

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८२ बैशाख १२, १४: २९

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...