
पोखरा : पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन बुधबारसम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ ।
महानगरको शिक्षा महाशाखाले सोमबार सूचना प्रकाशन गरेर बुधबारसम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलाई आग्रह गरेको हो । नगर शिक्षा समितिको आइतबारको बैठकले पठनपाठन नियमित गर्न शिक्षकलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
नयाँ शैक्षिक सत्र वैशाख ८ देखि सञ्चालन गर्ने महानगर शिक्षा महाशाखाको तयारी थियो । तर, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा रहेपछि संस्थागत विद्यालयको पठनपाठन पनि स्थगित गरिएको थियो । संस्थागत विद्यालयले गत वैशाख ११ देखि पठनपाठन सुरु गरिसकेका छन् ।
पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् । शिक्षा महाशाखाको २०८१ को तथ्यांकअनुसार ती विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...