
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
उनले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताए । उनले पार्टीको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि हुन्छ/हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राखे । उनले यस्तो लथालिङ्ग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गरे ।
सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए । उनले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राखे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको बताए ।
सांसद कोइरालाले आइतबार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए। उनले यस्ता कार्यहरू कांग्रेसले सहन नसक्ने बताए ।
उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औंला उठाएर भन्ने आँट गर्नुपर्ने बताए ।
उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औंला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले साहस दिने जिकिर गरे ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ...