विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारीबीच वैशाख १७ गते ९ बुँदे सहमति भएको थियो भने उक्त सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो ।

तर विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको छ । परिषद्ले महासंघ र सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मअनुरूप विपरीत हुनेगरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्दे एकलौटी गरेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासंघको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड मा.वि. द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सहजातिय सेवा सुविधाजन्य गतिविधिमा तिब्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाएको जानकारी दिए ।

विद्यालय कर्मचारी परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनुपर्ने, तलबमान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमै शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले विद्यालय कर्मचारीको सेवा सुविधालाई बेवास्ता गरेर आफ्ना ग्रेड समायोजन र दुर्गम भत्ताको कुरा ल्याएको बताए । उनले सरकार र महासंघबीच भएको एकलौटी सहमतिलाई कदापि स्वीकार नगर्ने चेतावनी दिए । उनले विगतका दिनमा ३९ दिन माइतीघरमा बसेर सरकारसँग सहमति गरेको स्मरण गर्दै सरकार र महासंघलाई विद्यालय कर्मचारीको तागत देखाइसकेको जिकिर गरे ।

परिषद्ले आन्दोलनका लागि बब्बन मिश्राको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ । यस्तै वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षणसहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने र जेठ १० गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन सुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

सम्बन्धित समाचार

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
  • २०८२ बैशाख १९, १२: ४४

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ...

काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
  • २०८२ बैशाख १९, १२: ४४

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...

साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
  • २०८२ बैशाख १९, १२: ४४

काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...