लिदीमा पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटियाे, मृतककाे संख्या १८ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरो अपडेट

लिदीमा पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटियाे, मृतककाे संख्या १८

नयाँ विकल्प

काठमाडाैं-सिन्धुपाल्चाेक जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ।

यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो।

यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ।

एक लाख २५ हजार आर्थिक सहयोग

जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ। सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो। सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए। रासस

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ श्रावण ३२, १०: १७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ श्रावण ३२, १०: १७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ श्रावण ३२, १०: १७

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...