
नयाँंविकल्प,
काठमाडौ–नेकपा सचिवालय बैठकले केही दिन पहिले गठन भएको पार्टी विवाद समाधान कार्यदल अनुमोदन गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले कार्यदल अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले जानकारी दिए।
पार्टीभित्र लामो विवाद पछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन भएको थियो। सो कार्यदल गठन भए लगतै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, र नारायाणकाजी श्रेष्ठले असन्तुष्टि प्रकट गर्दै आएका थिए। उनीहरुले पार्टीको संस्थागत निर्णय नभएको भन्दै सचिवालय र स्थायी समितिबाट अनुमोदान गर्न माग गरेका थिए।
सोमबार बसेको बैठकमा अबदेखि यस्ता निर्णय संस्थागत ढंगबाट हुनुपर्ने माग गरेका थिए।
प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति भई महासचिव पौडेल संयोजक रहेको ६ सदस्य कार्यदल गठन भएको थियो। कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भूसाल र जनार्दन शर्मा थिए।
कार्यदलको गठन , प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेताहरुबीच भागवण्डा भएको थियो।पोखरेल र पौडेल ओली पक्ष, भूसाल र शर्मा प्रचण्ड पक्ष र पाण्डे र रावल नेपाल पक्षका नेता हुन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...