विभाग गठनले पूर्णता नपाउँदै छाड्ने सदस्यको लर्को ! – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
नेपाली कांग्रसकाे विभाग गठन विवादमा

विभाग गठनले पूर्णता नपाउँदै छाड्ने सदस्यको लर्को !

नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका २८ वटा विभाग रहने बैधानिक प्रावधानलाई संशोधन गरी विभागको सख्या बढाएर ४८ पुर्याएर पनि आफू निकटका केन्द्रीय सदस्यलाई खुसी पार्न कठिन भएको छ ।

आफू निकटकालाई खुसी तुल्याउने र अन्य समूह वा गुटका केन्द्रीय सदस्यलाई पद दिएर आफूतिर तान्ने सभापति देउवाको प्रयास कठिन मात्र नभएर जटिल पनि बन्दै गएको छ ।

महाधिवेशन घोषणासँगै क्रियाशिल सदस्यता वितरण र नविकरणको समयमा ४८ विभागमध्ये २० वटाको प्रमुख तोक्ने कार्यले असन्तुष्ट समूहलाई झन चिढ्याएको छ ।

पाँच महिनाअघि विभागीय प्रमुख तोकिए पनि साउनको अन्तिम सातामा आएर विभाग बिस्तार गर्न थालेपछि पार्टी संस्थापन पक्षको यस्तो निर्णयको सर्वत्र आलोचना र टिप्पणी हुन थालेको छ ।

विभागीय प्रमुख तोकिएका २० जनामध्ये १८ वटा विभाग विस्तार गरिएको छ । विधानमा विभाग ४५ सदस्यीय रहने व्यवस्था छ । तर, अन्य गुट र समूहका नेतालाई आफूतिर तान्नकै लागि ३८ देखि ४ पदसम्म खाली छाडिएको छ ।

तर कतिपय विभागको सदस्यमा मनोनित भएकाहरुले विधि, विधान र आचारसंहितको प्रश्न उठाउँदै राजिनामा पनि दिएका छन् ।

सभापति देउवाले कतिपय संस्थापनइत्तर पक्षका नेता/कार्यकर्तालाई पनि आफूतिर तान्न प्रमुख, उपप्रमुख, सचिव र सदस्य समेत दिएका छन् । यसरी आफूसँग असन्तुष्ट हुने नेतालाई आफूतिर तान्नकै लागि सभापति देउवा पक्षधर नेताहरु केही सफल भएको जस्तो देखिए पनि खासमा असफल भएका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा तत्कालिन पार्टी सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्य जितेका गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुख र चिनकाजी श्रेष्ठलाई उद्योग व्यवसाय विभागको प्रमुख दिइएको छ ।

नेता कृष्णप्रसाद सिटौला निकटका शिवप्रसाद हुमागाईंलाई श्रम तथा ट्रेड युनियन विभागको प्रमुख बनाइएको छ ।

युवा नेता गगन थापा निकटकी विद्यार्थी नेता कृष्णकुमारी बस्नेतलाई महिला संघको सदस्य बनाइएको छ भने नेता प्रकाशमान सिंह निकटका पूर्वसांसद मोहनकुमार राईलाई खेलकुद विभागको उपप्रमुख बनाइएको छ ।

आफ्नो पक्षमा तान्नकै लागि विभागको सदस्य बनाइएकाहरुले भने पदबाट धमाधम राजिनामा दिएका छन् । राजिनामा दिनेहरुमा पूर्वपमन्त्री शिवराज जोशीदेखि पार्टीको जिल्ला कार्यसमितिका सदस्यहरुसम्म छन् ।

पूर्वराज्य मन्त्री तथा दैलेख क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि शिवराज जोशीले समेत आफ्नो मानमर्दन भएको भन्दै पार्टीले गठन गरेको राज्य प्रशासन विभागमा नबस्ने बताएका छन् । सो विभागको प्रमुखमा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी रहेका छन् । सो विभाग ४१ सदस्यीय रहेको छ ।

पार्टीको ताप्लेजुङ जिल्ला कार्यसमितिका पूर्वसभापति केशवप्रसाद दाहालले पनि महाधिवेशनबो मुखमा क्रियाशिल सदस्यता वितरण र नविकरणको सयमा आएर गठन गरिएको विभागमा आफू बस्न असमर्थ भएको बताएका छन् । दाहाललाई रमेश रिजाल प्रमुख रहेको ४० सदस्यीय संघीय मामिला तथा प्रदेश समन्वय विभागको सदस्यमा राखिएको थियो ।

यस्तै, नेपाली कांग्रेस प्युठानको जिल्ला कार्यसमितिका पूर्वसभापति सुवास केसीले पनि निर्माण व्यवसाय समन्वय समितिको सदस्यबाट राजिनामा दिएका छन् । केन्द्रीय सदस्य बीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यवसय समन्वय विभाग ३९ सदस्यीय रहेको छ ।

नेपाली कांग्रेस तनहुँकी उपसभपाति चन्द्रकला भट्टाराईले पनि स्थानीय तह समन्वय विभागको सदस्यबाट राजिनामा दिएकी छन् । तनहुँ पार्टी नेता रामचन्द्र पौडेल तरुण विभाग प्रमुख शंकर भण्डारी र नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख केन्द्रीय सदस्य गोविन्द भट्टाराईको गृह जिल्ला हो ।

नेपाली कांग्रेस इलामका पूर्वसचिव तथा इलाम जिल्ला अस्पताल संचालक समितिका पूर्वअध्यक्ष केदार थापाले पनि उद्योग व्यापार विभागको सदस्यबाट राजिनामा दिएका छन् । थापाले आफूलाई विभागको सदस्य बनाएकोमा धन्यवाद दिँदै विभागमा बस्न भने असमर्थ रहेको बताएका छन् ।

‘केन्द्रीय सदस्य शाहीको भनाइप्रति आपत्ति’

पूर्वराज्य मन्त्री तथा पूर्वसांसद शिवराज जोशीले एक विज्ञप्ती जारी गर्दै आफूले विभागमा बस्न अस्विकार गरेको सन्धर्भमा वास्तविकतालाई बङ्यायर विभिन्न प्रकारका अतिरञ्जित प्रतिकृया आएकाले त्यसप्रति आप्mनो ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वराज्यमन्त्री जोशीले कर्णाली प्रदेशको संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आफूलाई छ महिनाअघि विभागमा बस्ने प्रस्ताब गर्दा अस्वीकार गरेको जनाउँदै अब बिभागमा बस्ने इच्छा र प्रतिष्ठा नभएको स्पष्ट पारेका छन् ।

झण्डै ६ महिनासम्म विभाग गठन नभएको अवस्थामा केही समयअघि आफूले महामन्त्री पूर्णबहादुर खड्काजीसँग भेट भएको तर विभाग गठन सम्बन्धमा कुनै कुरा नभएको जनाएका छन् । ‘पार्टी महामन्त्रीसंग भेट गर्नु अपराध हो ? के महामन्त्री संग भेट्दा माग्न नै गएको हुन्छ ? के मैले  महामन्त्रीजीसँग भेट्नै नहुने हो ?’ जोशीले विज्ञप्तीमार्फत भनेका छन्, ‘महामन्त्रीजीसँग बिभाग बारे कुनै कुरा भएन, साथिहरु साक्षी छन् ।’

आफूलाई जेष्ठ राजनीतज्ञ सभाको समेत प्रस्ताव आउँदा अश्वीकार गरेको जनाउँदै जोशीले महाधिवेशनको कार्यतालिका प्रकाशित भैसकेको र पार्टीभित्रै सहमती नभएको बिबादित अवस्थामा  पार्टी विधि र विधान बिपरित गठन भएको  बिभागमा आफ्नो अन्तस्करण र बिवेकले उचित नठानेकोले असहमति प्रकट गरेको जनाएका छन् ।

जोशीले केन्द्रीय केन्द्रीय सदस्य जीवनबहादुर  शाही जि ले झुटो शब्दको प्रयोग गरेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् ।

केन्द्रीय सदस्य शाहीलाई  स्वर्गीय नेता खुमबहादुर खड्कादेखि स्वर्गीय बिपि कोईराला र अहिलेका नेता गण र र पदाधिकारी चिनाउने काम पनि आफैले गरेको जनाएका छन् । जोशीले अन्त्यम भनेका छन्, ‘होला म संग धन नहोला । देश कठिन मोडमा छ ।’

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ भाद्र १, १८: १७

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ भाद्र १, १८: १७

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ भाद्र १, १८: १७

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...