नेपाल–गौतमकाे चर्काचर्की हुँदा श्रेष्ठ मुसुक्क, खनाल मौन – Naya Bikalpa
September 4, 2026, Friday      Epaper
साेमबार नेकपा सचिवालय बैठकः

नेपाल–गौतमकाे चर्काचर्की हुँदा श्रेष्ठ मुसुक्क, खनाल मौन

नयाँविकल्प
काठमाडौ– लामो समयपछि सोमबार बसेको नेकपा सचिवालयको बैठकको दृष्य अलि फरक देखिएको थियो। आफुभन्दा बाँयातिर बसेका अर्का अध्यक्ष प्रचण्ढलाई प्रधानमन्त्री ओलीले टाउको हल्लाउदै बैठक शुरू गर्न अर्का अध्यक्ष प्रचण्डलाई इसारा गरे ।

त्यो लगतै अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्न छ सदस्य कार्यदल गठन भएकोले त्यसको अनमोदनका लागि जानकारी गराउछु भन्दै प्रस्ताव राखे।

प्रधानमन्त्री ओलीका सामुन्ने बसेका वरिष्ठ नेता माधव नेपाल कडकिए ‘के को जानकारी, कता तयार भएको यस्तो प्रस्ताव ?’ नेपालसगै बसेका उपाध्यक्ष वामदेव गौतम जवाफमा कड्किए‘ द्ई अध्यक्षले सहमति गरेर पेश गरेको प्रस्तावमा के को आपति ? सधैँ निहु खोज्ने, खोर्चे थाप्ने ?’

त्यस लगतै नेपाल कड्किए‘ त्यसो भए घरबाट दुई अध्यक्षले पार्टी चलाए भो नि, केही समय पहिला पनि यसैगरी चलाएको हो ।’
नेपाल गौतमबीच यसरी चर्काचर्की भईरहदा यस अघि ओली –प्रचण्डसंग असन्तुष्ट भएका नारायाणकाजी श्रेष्ठ भने मुस्कुराई रहे ।

झलाथ खनाल भने मौन रहे। अन्तिममा महासचिव विष्णु पौडेलले कार्यदल अनुमोदन भएको माईन्युट लेखे।

बैठकबाट बाहिरिदै प्रवक्ता समेत रहेका श्रेष्ठले औपचारिक प्रतिक्रिया दिए। उनले भने ‘ सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको छ ।’

के गर्ला कार्यदलले अब ?

कार्यदलल गठन गर्दा समेत नेपाल पक्षलाई कर्नर पार्न खोजिएको थियो। नेपालले स्थायी समिति सदस्य रघुजी पन्त र भीम रावलको नाम प्रस्तावित गरेका थिए।

ओली प्रचण्डवीच सुरेन्द्र पाण्डे र भीम रावललाई कार्यदलमा राख्ने सहमति भयो। यसप्रति नेपाल शसंकित हुँदै आएका थिए।

स्रोतका अनुसार अहिले गठन भएको कार्यदलले प्रधानमन्त्री ओली र प्रचण्डको पक्षमा प्रतिवेदन तयार गर्ने अनुमान गरिएको छ। त्यसमा केही मन्त्री हेरफेरमा पर्ने संभावना छ। रावल र पाण्डे कार्यदलमा भए पनि नेपालको पक्षमा प्रतिवेदन नआउने निश्चित जस्तै छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ भाद्र १, १५: २४

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ भाद्र १, १५: २४

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ भाद्र १, १५: २४

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...