
नयाँ विकल्प,
काठमाडाैं-बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीलाइ काेराेना संक्रमण जोखीमलाई कम गर्न साेमबार देखी फेस सिल्ड लगाएर डियुटी गर्न शुरु गरेकाे छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका ५ हजार ७६६ जना प्रहरी कर्मचारीहरु सबैलाई फेस सिल्ड उपलब्ध गराई फिल्डमा डियुटी गर्दा अनिवार्यरुपमा लगाएर डियुटी गर्ने व्यवस्था मिलाईएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई भदौ मसान्त सम्म फेस सिल्ड वितरण गरीसकेको थियो ।
सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र बागमती प्रदेश प्रहरी लेखीएको छ । फिल्डमा नियमित डियुडीमा खटिने हरेक प्रहरी कर्मचारीले फेस सिल्ड लगाएर डियुटी गर्न शुरु गरेका छन् ।

डियुटीमा खटिने प्रहरी कर्मचारी धेरै जनासंग सम्पर्कमा आउनु पर्ने भएकाले प्रहरी कर्मचारीहरुलाई संक्रमण हुनबाट जोगाउन र प्रहरी कर्मचारीहरुबाट अन्य ब्यक्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले बागमती प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड उपलब्ध गराईएको हो ।
बिभिन्न प्रहरी ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले संक्रमणलाई थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले हरेक प्रहरी कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराई डियुटीमा बस्दा मास्क, फेस सिल्ड लगाई डियुटी गर्न निर्देशन दिए ।

प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखीमलाई न्युनिकरण गर्न पक्राउ परेका ब्यक्तिहरुका साथै संक्रमण जोखिममा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनिवार्य पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको छ भने प्रहरी कर्मचारीहरुलाई समेत समुह समुहमा बिभाजन गरी बस्ने, खाने र डियुटी गर्ने व्यवस्था मिलाईएको छ ।

सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टिन बनाउने, अत्यावश्यक कामले कार्यालय बाहिर जाने प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा बस्ने लगाएतका सुरक्षा सावधानी अपनाईएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...