संसदको नयाँ लोगोमा नेपालको नक्सा ‘केराको कोसो’ जस्तै – Naya Bikalpa
September 21, 2026, Monday      Epaper
सांसदकाे लाेगाे विवादमा –सचिवालयको गम्भिर लापरबाही,

संसदको नयाँ लोगोमा नेपालको नक्सा ‘केराको कोसो’ जस्तै

आइतबार सार्वजनिक गरेकाे सांसदकाे लाेगाे ।

नयाँ विकल्प,
काठमाडौं । संघीय संसद सचिवालयको गम्भिर लापरवाहीका कारण संघीय संसदको दुई तिहाई बढी मतले पारित गरेको नेपालको वास्तविक नक्सा बमोजिमको अनुसूचीमा रहेको लोगोलाई संसदले नै बंग्याएको छ ।

सरकारले मुलुकको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर मुलुकको वास्तविक नयाँ नक्सा सार्वजनिक गरेसँगै राज्यका हरेक अंगले आ–आफ्नो संगठित निकायको लोगो परिवर्तन गर्दै आएका थिए ।

यसै मेसोमा संघीय संसद सचिवालयले पनि नेपालको बास्तविक नक्सा बमोजिमको ‘संघीय संसदका सदस्य’लाई वितरण गर्नको लागि लोगो तयार गरेको थियो । तर, संसद सचिवालय अन्तरगतको आन्तरिक सेवा तथा व्यवस्थापन महाशाखाका कर्मचारकिो लापरवाहीले नेपालको नक्सालाई नै विगारेर लोगो सार्वजनिक गरिएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार सार्वजनिक गर्नु भएको लोगो यति धेरै भद्धा र असंगति छ कि –‘संसद’ शब्दको ‘स’को माथि थोप्लो दिइएको छैन । नेपालको बास्तविक नक्सा बमोजिम छैन् । लोगोमा चन्द्र र सूर्यको लोगो पनि अमिल्दो र लतपतिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक गरेकाे नेपालकाे वास्तविक नयाँ नक्सा

स्रोतका अनुसार संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाले घरेलु तथा साना उद्योगमार्फत सो लोगो निर्माण गर्नको लागि पाटन औद्योगिक क्षेत्रलाई जिम्मेवारी दिएको थियो ।

सचिवालयका एक कर्मचारीका अनुसार लोको नमुना देखाउँदा त्याहाँका कर्मचारीले ठीक र दुरुस्त भएको भन्दै नमुनालाई सद्दर गरेका थिए ।

कर्मचारीको भरमा आइतबार दिउँसो संसद सचिवालयमा लोगो सार्वजनिक गर्न पुगेको सभामुख अग्नीप्रसाद सापकोटालाई पनि विवादमा तानेका छन् । ‘लोकोको नमुना हेर्दै नहेरी अति विश्वासले हो वा प्रभावमा परेर हो, सभामुखले पनि कुनै अब्जेक्सन गर्नु भएन’, एक कर्मचारीले भने ।

साेमबार उपलब्ध गराएकाे केही संशाेधित (संसद शब्दकाे स माथिकाे थाेप्लाे थपिएकाे) लाेगाे

नेपालको वास्तविक नक्सा भन्दा संसद सचिवालयले सार्वजनिक गरेको नक्सा निकै फरक छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ भाद्र १, १६: १४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र १, १६: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ भाद्र १, १६: १४

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...