
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षफल प्रकाशित गर्नुभन्दा पहिला बैठक बसेर एसईई २०७६ सालको नतिजा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरेर बोर्डका अध्यक्षलाई बुझाएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षाको लागि आवदेन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।
त्यसैको आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ को संक्रमण बढ्दै गएको र विद्यालय समेत क्वारेन्टाइनकारुपमा प्रयोग भएकाले पहिले जस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषदले ०७६ को एसईईको विद्यालयले गरेको आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको थियो
यस पटक भने एसईईको नतिजा आएपनि त्यसको त्रृटि सच्याउन विद्यार्थीलाई पनिका आउनु नपर्ने भएको छ । त्यसको लागि विद्यार्थीले ३५ दिनभित्र फाराम भरेर इकाइमा बुझाएपछि इकाइबाट नै त्रृटि सच्याएर विद्यालयमा लाने व्यवस्था गरेको छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...