प्रधानमन्त्री ओली र सभामुख सापकोटा बीच बढ्यो चिसो, भेटघाट समेत बन्द ! – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

प्रधानमन्त्री ओली र सभामुख सापकोटा बीच बढ्यो चिसो, भेटघाट समेत बन्द !

नयाँ विकल्प,

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच बढेको चिसो उत्कर्षमा पुगेको छ ।

अमेरिकी परियोजना एमसीसी र संसद स्थगनका बिषयमा विवाद बढेपछि यी दुई नेताको सम्बन्ध बिग्रिएको हो ।

प्रधानमन्त्री ओली सुरुमा नै सापकोटालाई सभामुख बनाउने पक्षमा थिएनन् । उनले आफु अनुकुलको सभामुखको खोजी गरेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले सापकोटाको पक्षमा अडान लिएपछि ओली बाध्य भएको बालुवाटार स्रोतले बतायो ।

पूर्व माओवादी पक्षले एमसीसीको विपक्षमा गएकोले प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई योजनाबद्ध फसाएको आरोप लगाउने गरेका छन् । प्रधानमन्त्री पक्षधरहरुले भने यसको खण्डन गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिदै जानुलाई पनि सभामुख प्रधानमन्त्रीबीच तनाव बढदै गएको एक नेताले बताए । सापकोटाले प्रचण्डको सल्लाहमा काम गरेको बालुवाटार पक्षको आरोप छ ।

एमसीसी विवाद मुल जड

एमसीसी विवादले सभामुख र प्रधानमन्त्री मात्र होइन सिंगै देश यसको पक्ष र बिपक्षमा बिभाजित छ । नेकपाभित्र यसको विवाद बढ्दै गएपछि एक कार्यदल बनाएर सुझाव मागिएको थियो । माघ १९ गते बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको तीन सदस्य कार्यदल गठन गरेको थियो ।

कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्नु नहुने सुझाव दिएको थियो । यस्तो सुझावपछि प्रधानमन्त्री ओली झन् अप्ठ्यारोमा परेका थिए ।

प्रधानमन्त्री सभामुखबीच ‘चेस खेल’ जस्तो

सम्बन्ध चिसिदै गएपछि एमसीसीको बिषयलाई लिएर प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच चेस खेलजस्तै गतिविधि भएको थियो ।

अमेरिकाले एमसीसी पारित गर्न दवाव दिएपनि पार्टी भित्रको विरोध र सभामुख सापकोटाको असहयोग भएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्दै गए ।

अमेरिकाले असार १६ भित्र त्यसलाई संसदबाट अनुमोदन गर्न समय सीमा दिएको थियो । तर सभामुख सापकोटाले समय सीमा सकिएको भोलिपल्ट अर्थात असार १७ गते मात्र संसदको बैठक बोलाएका थिए ।

सापकोटा माथि ओलीको यस्तो बदला

एमसीसीमा सभामुख सापकोटा अवरोध बनेपछि प्रधानमन्त्री ओलीले पनि उनीसंग गजवको बदला लिए । १७ गते दिउँसो संसदको बैठक बस्यो । त्यसमा कुनै विधेयक छलफल भएन ।

जव कि दर्जनौ बिधेक छलफलका लागि तयार थिए । सभामुख सापकोटाले एमसीसीको समय सीमा कटाएको भन्दै सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले संसद अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारीस गर्यो ।

यसभन्दा अघि यस्तो निर्णय सभामुखसंगको परामर्शमा गर्ने चलन थियो ।

प्रधानमन्त्री सभामुख भेटघाट बन्द

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच करिव तीन महिनादेखि भेटघाट बन्द भएको स्रोतले बताएको छ ।

औपचारिक कार्यक्रममा समेत कोराना भाईरसका कारण भएकोले उनीहरुको जम्काभेट नभएको लामो समय भएको स्रोतले दावी गरेको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र २, १३: १३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र २, १३: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र २, १३: १३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...