बाढी–पहिरो उद्धार र राहतका लागि कांग्रेसले पठयो ३० जिल्लामा ४५ लाख रुपैयाँ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बाढी–पहिरो उद्धार र राहतका लागि कांग्रेसले पठयो ३० जिल्लामा ४५ लाख रुपैयाँ


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले देश कोरोनाको कहरबाट अक्रान्त हुँदै गर्दा बाढी–पहिरोले जनधनको क्षति पुर्याएको भन्दै पीडितलाई राहत र घाईतको उद्धारका लागि भन्दै पहिलो चरणमा ३० जिल्लामा राहतको प्याकेज पठाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनसार पार्टी केन्द्रीय कार्य समितिको तर्फबाट ३० वटा जिल्लामा प्रति जिल्ला एक लाख ५० हजारको दरले ४५ लाख रुपैयाँ ‘स्नेहको सानो सहयोग’ भन्दै पहिलो चरणमा राहत रकम पठाएको हो ।

हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कांग्रेसले कार्य गरेको दाबी गर्दै बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई सहयोग गर्न सो रुकम ति जिल्ला कार्यसमितिका नाममा पठाइएको जनाइएको छ ।

बाढी पहिरोका कारण जनधनको धेरै क्षति भएका जिल्लाहरु १ लम्जुङ, २. सिरहा, ३. गुल्मी, ४.नुवाकोट, ५.स्याङ्जा,६.बाग्लुङ,७.म्याग्दी, ८. पाल्पा, ९. ताप्लेजुङ, १०. ओखलढुंगा, ११. संखुवासभा, १२. पर्वत, १३. सिन्धुपाल्चोक, १४. महोत्तरी, १५. पर्सा र १६. धादिङलाई कांग्रेस केन्द्रीय कार्यसमितिले राहत रकम पठाएको हो ।

त्यस्तै, पाँचथर, तेह्रथुम,मकवानपुर,बारा,सर्लाही,काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्लामा उद्वार र राहतको अभियानमा संलग्न विभिन्न तहका कार्यकर्ताको उच्च सह्राना गर्दै पार्टीले मानवीय कर्ममा थप कृयाशिलताका लागि आग्रह गरेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७७ भाद्र २, १६: १५

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७७ भाद्र २, १६: १५

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७७ भाद्र २, १६: १५

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...