अछाममा कैलास खाेलामा आएकाे बाढीले बगाउँदा ५ जनाकाे मृत्यु, १७ जना वेपत्ता, सैनिबजार बगरमा परिणत – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

अछाममा कैलास खाेलामा आएकाे बाढीले बगाउँदा ५ जनाकाे मृत्यु, १७ जना वेपत्ता, सैनिबजार बगरमा परिणत


नयाँ विकल्प
काठमाडाैं- अछाम जिल्लाकाे रामारोशन गाउँपालिका–५ मा बाढिले बगाउँदा ६ जनाकाे मृत्यु भएकाे छ । १७ जना वेपत्ता रहेका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक एसएुसपी मुकेश कुमार सिंहका अनुसार बुधबार विहान ४ बजेकाे समयमा स्थानीय कैलास खाेलामा आएकाे बाढीका कारण सैनी बजार बगाउँदा ठुलाे ठुलाे जनधन तथा मानवीय भएकाे छ ।

बाढीले बगाउँदा मृत्यु भएका ५ जनाकाे शव फेला परेकाे छ १७ जना हराइरहेका छन् । खाेलाले बगाएर फेला परेका ५ शव मध्ये ३ वटा जयगढ नगरपालीका- ६ दर्नामा ३ बटा शव फेला परेका छन्।

त्यस्तै प्रहरीले दुइवटा शव मंगलसेन नगरपालीका-३ कैलास खाेलामा फेला परेकाे सिंहले बताए । खाेलाले बगाएर क्षत विक्षत भएका शव सजिलै चिन्ने अवस्थामा नरहेकाले मृतकहरुको सनाखत हुन सकेको छैन ।

फेला परेका शव सैनी बजारका हराइरहेका मध्यका हुन वा अरूकाे हाे भन्ने बारे अहिले सम्म पहिचान हुन सकेकाे छैन् ।


कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको प्रहरीकाे अनुमान छ । सैन बजार अहिले बगरमा परिणत भएको छ बाढिले बगाएर भएकाे क्षतिकाे विबरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा खाेजि तथा उद्दारकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीयवासी समेत उद्धारमा खटिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ भाद्र ३, ११: २२

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ भाद्र ३, ११: २२

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ भाद्र ३, ११: २२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...