बागमतीका मुुख्यमन्त्री पौडेलको पद धरापमा, को होला नयाँ ? – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बागमतीका मुुख्यमन्त्री पौडेलको पद धरापमा, को होला नयाँ ?


नयाँंविकल्प

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मेहनत गरेर मुख्यमन्त्रीको कुुर्सीमा चढाईदिएका डोरमणि पौडेलको पद सबैतिबाट धरापामा परेको छ। अहिले केन्द्र र प्रदेश दुुबै तर्फबाट उनको पद धरापमा परेको हो।


नेकपा केन्द्रमा विवाद भएपछि त्यसलाई मिलाउन महासचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलले समेत पौडेलको पदको बली चढाउन लागेको स्रोतले बताएको छ। पार्टी भित्रको समस्य समाधानका लागि केन्द्रमा केही मन्त्रीहरु र प्रदेशमा केही मुुख्यमन्त्रीहरु प्रिवर्तन गर्ने बिषयमा छलफल गरेको एक नेताले बताए।

मुुख्यमन्त्रीहरु मध्ये पनि बाग्मतीका डोरमणि पौडेल पहिलो रेड जोेनमा परेको एक प्रदेश सभा सदस्यले बताए। त्यसपछि कर्णाली प्रदेशका महेन्द्र बहादुर शाही र र ५ नं प्रदेशका प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलको समेत हेरफेर हुने संभावना बढेको बताईएको छ।

पोखरेलले मुख्यमन्त्री हुुँंदा आफु केन्द्रीय राजनीतिमा ओझेलमा परेको महसुुस गर्दै छोड्न चाहेको आफुु निकटहरुलाई बताउन थालेका छन् । त्यसो हुदा पोखरेलका ठाँंउमा पूूर्व माओवादीलाई र कर्णाली प्रदेशमा पूूर्व एमालेलाई दिने संभावना बढेको छ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई केन्द्रमा बनेको कार्यदलले पविर्तन गर्न शिफारिस नगरे प्रदेशसभा सदस्यहरुले अविश्वस प्रस्ताव ल्याउने तयारी गरेका छन् । एक सदस्यले भने‘अविश्वासको प्रस्ताव ल्याउँदा अलिकति तितो मिठो गर्नुपर्ने हुन्छ सकेसम्म केन्द्रले उहाँलाई हट्न निर्देशन दियो भने सजिलो हुुन्छ भनेर पर्खेर बसेका छा।ै’
ती सदस्यका अनुसार प्रदेशसभाको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ। यसका लागि ७० भन्दा बढि संसादले हस्ताक्षर गरेका छन् । १ सय १० सदस्य प्रदेशसभामा नेकपाका ९० सदस्य छन् ।

पौडेलपछि को होला नयाँं मुख्यमन्त्री


पौडेलको मुुख्यमन्त्री पद जाने करिव पक्का जस्तै छ। त्यसैले उनीपछि को भन्ने अनेक आंकलन शुरु भएको छ। प्रदेशसभामा सबै भन्दा वरिष्ठ सदस्य स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हुन् । तर उनी शुरुमा नै संसदीय दलमा पौडेलसंग पराजित भएकी हुुन् । तर अष्टलक्ष्मी शाक्यले आफुु दलमा पराजित भएकोले नैतिकताका आधारमा मुख्यमन्त्री नबन्ने आफुु निकट प्रदेशसभा सदस्यहरुसंग बताएका एक नेताले बताए।

शाक्यपछिका अर्का वरिष्ठ सदस्य राजेन्द्र पाण्डे हुन् । उनी पहिला पौडेल संगै दावेदार थिए। तर शाक्य र पाण्डेको एउटै गुट परेकोले दलको नेतामा उम्मेद्धवारी दिएनन् । उनलाई ‘डाईनामिक’ नेताका रुपमा समेत लिने गरिएको छ।

पण्डेलाई यस पटक गुुटको हिसाबले समेत यस पटक साथ दिएको छ। केन्द्रमा सहमति भएको खण्डमा बाग्मती प्रदेश वरिष्ठ नेता माधवकुुमार नेपाल समूहको भागमा पर्ने बलियो संभावना छ। तर पाण्डेलाई स्थायी समिति सदस्य पशुुपति चौलागाई बाधक बन्ने संभावना बढेको छ।

उनले अबको मुख्यमन्त्रीमा आफ्नो शशक्त दावी रहेको बताउदै आएका छन् । पाण्डेलाई शाक्यले समेत मन नपराउने भएपछि चौलागाईको संभावना बढेको एक नेताले बताए। पण्डे प्रति वर्तमान आन्तरिक मामला तथा कानूूनमन्त्री शालिकराम जम्मरकट्टेल सकारात्मक छैनन् । उनी सके आफै बन्न नसके पाण्डेलाई कुनै हालतमा हुन नदिने रणनीतमा रहेको बताईए

पौडेलले चोरबाटोबाट बजेट पारित गराएको आरोप
गएको असार २० गते मुख्यमन्त्री पौडेलले चोरबाटोबाट बजेट पारित गराएको प्रदेशसभा संसदीय दलका अधिकांस सदस्यहरुले आरोप लगाएका छन् । नेकपाका ९० प्रतिशत सांसदहरुको बजेट प्रति असन्तुुष्टी थियो। संसदीय दलको बैठकमा यसको चर्को विरोध भएको थियो।

बजेटमा ब्यवस्था गरिएको पोष्टबहादुर बोगटी कुुलेखानी सुरुङमार्गका लागि छुट्टाएको १ खरब रुपैयाँको औचित्यका बारे प्रश्न उठेको थियो। दलको बैठकमा जवाफ दिदै मुख्यमन्त्री पौडेलले सो मार्गका लागि छुट्टाएको रकम स्थगित गरिएको जानकारी दिदै संसदीय दलले एक कार्यदल बनाएर बजेट सच्याउने आश्वासन दिएका थिए।

सो अनुसार आन्तरिक मामला तथा गृहमन्त्री शालिकराम जम्मरकटेलको संयोजकत्वमा प्रमुुख सचेतक केशव पाण्डे, सदस्यहरु केशव पोखरेल, रत्न ढकाल, प्रतिमा श्रेष्ठ रहेको कार्यदलको घोषण गरियो। तर त्यसको अवधी भने एक महिना भनेर उधारो आश्वासनमा प्रदेशसभामा लगेर बजेट पारित गरियो। स्रोतका अनुसार अहिले सम्म पनि सो कार्यदलले प्रतिवेदन दिएको छैन। तर बजेट भने धमाधम् कार्यन्वयन भईसकेको छ।

सम्बन्धित समाचार

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ भाद्र ३, १७: २७

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ भाद्र ३, १७: २७

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ भाद्र ३, १७: २७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...