
नयाँ विकल्प,
काठमाडौं– २८ चैत २०७६ अर्थात चार महिना अघि आफैले गरेको निर्णय उल्टाउँदै नेपाल सरकारले नेपाल प्रहरीको नायव महानिरिक्षक (डिआईजी) दरवन्दी पुनः थप्ने गृहकार्य सुरु गरेको छ ।
चार महिना पहिले ओली सरकारको डिआईजी को दरवन्दी घटाउने हचुवा निर्णयले बढुवाको मुखमा रहेका कतिपय सिनियर एसएसपी देखि तल्लो तह सम्मका प्रहरी अधिकारीको करिअर प्लानिङ रोकिएको छ । जसका कारण प्रहरी भित्र चरम निराशा छाएको थियाे।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको अध्यायन र आवास्यकताको समेत ख्याल नगरि गरेको निर्णय चार महिना पछि उल्टाउने तयारीमा जुटेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्साल तथा गृहमन्त्रालय विच डिआईजी थप्ने विषयमा अनौपचारीक सहमती बनेपछि गृहमन्त्रालयका सह–सचिव राम प्रसाद आचार्यको संयजकत्वमा संगठन तथा ब्यावस्थापन सर्वेक्षण (ओएनएम) समिति गठन भएको थियो ।
नेपाल प्रहरीका डिआईजी प्रकाशजंग कार्की समेत रहेको ओएनएम समितिले नेपाल प्रहरीका प्रशासन तर्फका ५ जना डिआईजीको दरवन्दी थप्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव प्रहरी मुख्यालय र गृहमन्त्रालयबाट औपचारीक सहमती पछि अर्थमन्त्रालय पठाईएको छ ।
अर्थमन्त्रालयबाट डिआईजी दरवन्दी थप्नेवारे औपचारीक स्विकृत पछि कानुन मन्त्रालयको राय सहित पुनः गृहमन्त्रालयमा दरवन्दी थप्ने प्रस्ताव गृहमन्त्रालयमा पठाउने छ ।
अर्थ र कानुन मन्त्रालयकाे सहमती पछि डिआईजी थप्ने प्रक्रिया पुरा गरि स्विकृतकालागी मन्त्रीपरिषद्मा पेश गर्ने तयारी भैरहेकाे गृहस्राेतले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले महत्वपूर्ण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको हाल कायम रहेको १४ डिआईजीबाट पुनः फेरि १९ पुर्याउने तयारी भैरहेको छ । नेपाल प्रहरीमा हचुवाको भरमा डिआईजीको दरवन्दी २६ बाट एकैपटक १४मा झारेपछि कतिपय महत्वपुर्ण विभाग डिआईजी विहिन रुपमा सञ्चालन भैरहेका छन् ।
प्रहरीमा डिआईजीले नेतृत्वगर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचविखन, साईवर क्राईम ब्युरो लगायतका विभाग नेतृत्व विहिन बनेका छन् ।
४ महिना पहिलेको निर्णय उल्टाउँदै सरकार
गत चैत २८ गते शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा प्रशासन तर्फको डिआईजी दरवन्दी हजुवाको भरमा घटाएर १४ मा झार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली र गृह सचिव महेश्वर न्यौपाने विचको अनौपचारीक सहमतिमा डिआईजी दरबन्दी कटौति गरिएको बारे प्रहरी मुख्यालय असन्तुष्ट बनेको थियो भने उक्त निर्णयका आलोचित समेत भएको थियो ।
सुरक्ष निकायमा दरवन्दी थप्ने वा घटाउने विषयमा निर्णय गर्दा संगठन तथा ब्यावस्थापन सर्वेक्षण ( ओएनएम ) गर्ने चलन छ । तर पछिल्लो समय ओएनएम त परै जाओस समान्य छलफल र अनौपचारीक सहमति विना नै दरवन्दी घटाउँदा बढुवाको रोलक्रमा रहेको कतिपय प्रहरी अधिकारी एसएसपीमै रोकिएका थिए ।
दरवन्दी कटौति हँुदा वरियतामा अगाडि रहेका धनश्याम अर्याल प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी मात्र डिआइजी बढुवा भएका थिए ।
उच्च स्रोतका अनुसार नेपाल प्रहरीमा दरवन्दी थप्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनौपचारीक सहमती पछि गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले ओएनएम समिति गठन गरेको थियो ।
नेपाल प्रहरीका हाल दुई डिआइजी पद रिक्त रहेको छ भने पाँच दरवन्दी थपिएपछि सात जना सिनियर एसएसपीकोलागि डिआईजीमा बढुवा हुने बाटो खुल्ने छ । गृहमन्त्रालय स्रोतका अनुसार थपिएको दरवन्दी रहित रिक्त रहेको पदमा यहि भदौं भित्र बढुवा निकाल्ने गरि तयारी भैरहेको छ ।
नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लका अनुसार नेपाल प्रहरीमा वेला वेलाम हुने हचुवाका निर्णयले प्रहरीको काम , करिअर तथा मनोवलमा समेत असर पर्ने बताउँछन ।
“ प्रहरीमा दरवन्दी बढाउने वा कटौति गर्ने लगायतका महत्वपूर्ण निर्णय गर्नु पूर्व गरिने ओएनएम हचुवाको भरमा हुन थालेको छ । आफ्नो मान्छे बढुवा गर्दा दरवन्दी बढाउन ओएनएम गर्ने र कसैलाइ रोक्नकैलागि दरवन्दी घटाएर ओएनएम तयार गरिदै आएका थुप्रै उदाहरण छन् । यसले संगठनमा झन विकृति ल्याउँछ ।” पूर्व डिआइजी मल्ल ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...