संकटको वेला बैङ्कहरुको घुर्की–प्रशासनको चरम लार्पवाही – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper
बन्द रहेका बैंक शुक्रबारदेखि खुल्ने

संकटको वेला बैङ्कहरुको घुर्की–प्रशासनको चरम लार्पवाही


नयाँ विकल्प

काठमाडौं–विहीबार उपत्यका रहेका सबै बैङ्कहरुले सेवा ग्राहिकालागि अकस्मात ढोका बन्द गर्ने निर्णय गरे । सेवा बन्द गर्ने निर्णयले निक्षेपकर्ता ग्राहकलाई कति असर पर्यो यसवारे नत बैंकहरू जवाफदेहि बने नत प्रशासनले समस्या बुझ्ने प्रयास गरेकाे देखियाे ।

अत्यावस्यक सेवा अन्तर्गतको बैकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता सहित खुलेका बैकहरुले एकतर्फी रुपमा सेवा रोक्न पाउँछन् वा पाउँदैनन् ? आम जनताकाे प्रश्न हाे याे ।

काठमाडौं उपत्यका लगायत भक्तपुर तथा ललितपुरमा कोरोना संक्रमणको दर उच्च भएपछि स्थानिय प्रशासनले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारि गरेको छ । निषेधाज्ञा पालना गराउने क्रममा प्रहरीले आफ्ना केहि कर्मचारीलाई आवत–जावतमा रोक लगाएको भन्दैै बैकहरुले आफ्नो सेवा नै बन्द गर्ने निणय गरेका हुन् ।

बैकर्स एशोसियसनले सेवा नै ठप्प पार्ने उदेश्यले बैंकहरुलाइ सेवा बन्द गर्न निर्देशन विहिबार उपत्यकाका सवै बैक बन्द रहने भएका हुन् । सर्वसाधारणको खरवौं रकम लिएर सञ्चालन भएका बैङ्कहरुले संकटको बेला सेवा रोकेर अत्यावस्यक सेवा प्रवाह गर्ने कर्तव्यबाट विमुख भएका छैन् । स्थानिय प्रशासनले बुधवार राती १२ बजे देखि एक हप्ताका लागि जारी गरेको निषेधाज्ञामा अत्यावस्यक सेवा सञ्चालनमा यथावत रुपमा सुचारु हुन दिने जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको बुदा नम्बर १३ मा बैकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल अथवा विधुतिय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।


साथै त्यस्तो संभावना नरहेमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सिमित रहि आवास्यक सेवा प्रवाह गर्ने भन्ने उल्लेख गरेको छ ।

आफ्ना कर्मचारी आवत–जावतमा अवरोध भएको भन्दै सेवा नै ठप्प पारेका बैकहरुले नियमन निकाय राष्ट्र बैकसंग भने समन्वय गरेका छैनन् । नेपाल राष्ट्र बैकका प्रवक्ता गुनाकर भट्टले समन्वयको अभावका कारण समस्या आएका बताए ।


नयाँ विकल्पसंग कुरा गर्दै भट्टले नेपाल राष्ट्र बैंकले समस्या समाधानका लागि समन्वय भैरहेको बताए । उनले विहिबार निषेधाज्ञाको पहिलो दिन भएकोले समन्वय अभावका कारण आवत–जावतमा केहि समस्या भएकोले सेवा प्रवाहमा समस्या परेको बताए । बैंकहरुले सेवा रोकेपछि राष्ट्र बैंकले गृहमन्त्रालय, स्थानीय प्रशासन तथा बैंकहरुसंग समन्वय गरि शुक्रबारदेखि बैंक खोल्ने र आवात–जावतमा सहज बनाउँने बारे सहमती बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा बारे राम्रोसंग जानकारी गराउन नसक्दा गुनासोसंगै केहि समस्या देखिएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले निर्णय स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन बारे समन्वयको अभावका कारण समस्या आएको बताए ।

“निषेधाज्ञाको समयमा अत्यावस्यक सेवा खोल्ने र त्यस्ता सेवाका कर्मचारीलाई आवतजावतमा सहजीकरण गराउन मन्त्रालयवाट स्थानिय प्रशासनलाई निर्देशन दिइसकेका छौं । नेपाल राष्ट्र बैंक, स्थानिय प्रशासन तथा बैर्कस संघको समन्वयमा समस्या समाधान गर्ने सहमती भैसकेको छ।” प्रवक्ता बुढा

गृहमन्त्रालय तथा स्थानीय प्रशासनले बेला बेला जारी गर्ने निर्णय विबादमा पर्ने गरेका छन् । नियम लागुगर्दा कार्यान्वयन कसरी गराउने भन्ने विषय अस्पष्ट हुँदा यस्ता समस्या आउने गरेका छन् । प्रशासनले नियम लगाउने तर कार्यान्वयन गराउने विषयमा लापर्वाही गरेका कारण समस्या दाेहाेरिदै आएका छन् ।

यसअघि अत्यावस्यक सेवा अन्तर्गतकाे स्वास्थ्य सेवामा खटिएका चिकित्सक माथी प्रहरीले लाठीचार्ज गर्दा चिकित्सक संघ आन्दाेलनमा उत्रिएकाे थियाे
नयाँ नियम लागु गराउँदा प्रहरी प्रशासनले विषयको गाम्भिर्यता बुझ्नु भन्दा माथीकाे आदेशको नाममा जथाभावी कडाई गर्दा समस्या आउने गरेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७७ भाद्र ४, १५: ४२

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७७ भाद्र ४, १५: ४२

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७७ भाद्र ४, १५: ४२

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...