नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नजिक, १२६ काे मृत्यु – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नजिक, १२६ काे मृत्यु


नयाँ विकल्प,


काठमाडाैं- नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नजिक पुगेकाे छ । बिहीबार देशभर गरिएकाे परिक्षणमा काेराेना संक्रमितकाे संख्या ७ सय ७ जना थपिएकाे छ

विहिबार थपिएकाे उक्त संख्यासंगै नेपालमा कुल संक्रमितकाे संख्या २९ हजार ६ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ७ सय ७ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे बताए। त्यस्तै विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ भने १७ हजार ९ सय ६४ जना काराेना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

काेराेना संक्रमणका कारण नेपालमा हालसम्म मृतक १२६ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयकाे जनाएकाे छ ।।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ भाद्र ४, १७: ०३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ भाद्र ४, १७: ०३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ भाद्र ४, १७: ०३

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...