
नयाँ विकल्प,
काठमाडौं- उपत्यकामा निषेधाज्ञा जारी भएपछि अावत जावतमा कडाइ गरिएको छ। बुधबार रातिदेखि लागू हुनेगरी उपत्यकाका तीन वटै जिल्ला प्रशासनले गरेको निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञापछि काठमाडौं उपत्यका सुनसान बनेको छ। सडकमा पानी, औषधि ढुवानी, प्रेस, जस्ता अत्यावश्यक सवारीसाधन मात्रै चलेका देखिन्छन्।

सहरका भित्री क्षेत्रमा केही फलफूल, तरकारी, किराना तथा औषधि पसल फाट्टफुट्ट सञ्चालनमा छन्।
प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने झन्डै ११ सय जनालाई कारबाही गरेको जनाएकाे छ।निषेधाज्ञा कार्यान्वयन गराउन उपत्यकाका मुख्य नाका तथा चाेक चाेकमा प्रहरी तैनाथ गरिएकाे छ ।
बुधबार राती १२ बजेदेखि लागू हुनेगरी काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्ला प्रशासनले भदौ १० सम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ ।






काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...