
नयाँ विकल्प
काठमाडाैं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ जना प्रहरी उपरिक्षक (एसपी)काे सरूवा गरेकाे छ । विहिबार एकै पटक ठुलाे संख्यामा एसपीकाे सरूवा गर्दा शक्तिकेन्द्रकाे दवाव पनि स्पष्ट रूपमै बाहिरीएकाे छ ।
अख्तियारमा काम गरेका एसपी प्रवीण पाेखरेल रूपन्देही प्रहरी प्रमुखकाे जिम्मेवारी पाएका छन् । पाेखरेल मात्र हाेइन यसअघि अख्तियारमा काम गरेका तिन जना एसपीहरू हृदय थापा, हेम थापा पछि एसपी प्रविण पाेखरेल लगातार पुनः रूपन्देही प्रहरी प्रमुखकाे रूपमा सरूवा भएका हुन् ।
नेपाल भारत नाका मध्ये रूपन्देहीकाे वेलहीया अर्थात सुनाैली नाका नेपालकाे दाेस्राे ठुलाे नाका हाे। दक्षिणि नाकाहरू मध्ये सवैभन्दा ठुलाे नाका रक्साैल पछाडि सुनाैली नाका हाे । याे नाका पछिल्लाे समय तस्करी बढि हुने नाका रूपमा चिनिन्छ ।
रूपन्देही जिल्ला अन्तर्गतपर्ने सुनाैली नाका रूपन्देही जिल्ला प्रहरी मातहत पर्दछ । नेपालकै दाेस्राे ठुलाे नाकाकाे शुरक्षा जिम्मेवारी पाउने भएकाले रूपन्देहीकाे पाेष्टिङ लाई प्रहरीमा आकर्षक पोष्टिङका रूपमा लिने गरिन्छ ।
अख्तियारमा रहेका एसपी पोखरेल विवादमा परेका एसपी हुन । अख्तियारकाे स्टिङ अपरेशन प्रमुखका रूपमा रहेका पाेखरेलले प्रहरीभित्र आफ्ना सहकर्मी बिरोधी र प्रतिस्पर्धीलाइ प्रतिशाेध रूपमा उजुरी हाल्न लगाउने गरेकाे आराेप लागेकाे छ । पाेखरेलले कतिपय इमान्दार प्रहरीलाइ तर्साउने गरेकाे आराेप पनि लागेकाे छ ।
अख्तियारकाे उपल्लाे निकायकाे सेटिङमा पाेखरेलले याेजनावद्द रूपमा उजुरी हाल्न लगाउने र तत्काल सार्वजनिक गर्न थालेपछि अख्तियारकाे गाेपनीयता र विश्वसनियतामाथी समेत प्रश्न उठने गरेकाे थियाे ।
पाेखरेल स्टीङ अप्रेसनका प्रमुख समेत रहेका र उनकै नेतृत्वमा अख्तियारले गरेका कतिपय अपरेशन विवादीत बनेका छन् ।
प्रहरीमा अख्तियारकाे छायाँ
प्रहरी नियमावलीमा एसपी सम्मकाे सरूवाकाे अधिकार प्रहरी महानिरीक्षकमा रहेकाे छ । एसपीले जिम्मेवारी पाउने जिल्ला वा प्रहरी युनिटकाे सरूवा नितान्त आइजीपीकाे क्षेत्राधिकार भित्र पर्दछ । विहीबारकाे एसपी सरूवामा भने अख्तियारका प्रमुख आयुक्त काे प्रभाव स्पष्ट देखिएकाे प्रहरी स्राेतले दावी गरेकाे छ ।
एकजना प्रहरी उच्च अधिकारीका अनुसार अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रमुख नविन घिमिरेले प्रहरीकाे सरूवा बढुवामा पटक पटक हस्तक्षेप गर्दै आएका छन् ।आफुले सिफारिस गरेकाे ब्याक्ति बढुवा वा सरूवा नगरे कुनै मुद्दा उल्टाउने धम्कि दिने गरेका कारण घिमिरेकाे कुरा प्राय कुनैपनि आइजीपीले काटन सक्तैनन् ।
विहिबारकाे एसपी सरूवामा पनि घिमिरेका सामु आइजीपी शैलेस थापा क्षेत्री निरिह बने । घिमिरेले यस अघिका आइजीपी शर्वेन्द्र खनालाइ समेत दवावमा पारेर एसपी हृदय थापा, खनाल पछिका आइजीपी ठाकुर प्रसाद ज्ञवालीलाइ दवावमा पारेर एसपी हेम बहादुर थापा लाइ यसैगरि रूपन्देही प्रहरी प्रमुखकाे रूपमा सरूवा गराउन सफल भएका थिए ।
एसपी प्रविण पाेखरेल उनै घिमिरेकाे दवावमा रूपन्देही सरूवा गरिएकाे प्रहरी स्राेतकाे दावी छ ।घिमिरेकाे दवाबमा लगातार तिन पटक अख्तियारमा आफुुसंग काम गरेका एसपी रूपन्देही नै सरूवा हुनुलाइ संयाेग मान्न नसकिने कतिपय प्रहरी उच्च अधिकारी नै वताउँछन् ।
रूपन्देहीकाे एसपी आफु अनुकुल ल्याउन रूपन्देहीका कतिपय विवादीत ब्यापारीले शक्तिकेन्द्रलाइ समेत प्रभावमा पार्ने गरेका छन् । प्रहरी स्राेतका अनुसार प्रदेेश दुइ अन्तर्गतकाे विरगंज रक्साैैल नाकाबाट हुने तस्करीमा कडाइ गरिएसंगै सुनाैली नाका तस्करीकाे अखडा बनेकाे छ ।
एक प्रहरी अधिकारीका अनुसार प्रहरी तथा अख्तियारमा यस्तै सेटिङमा कतिपय अनियमितता लुकाउने समेत गरिन्छ । अख्तियारले सिफारिस गरेकाे ब्याक्ति सरूवा बढुवा नगरे अनुसन्धानकाे नाममा दुख दिने डरले स्वयं आइजीपी पनि अख्तियारकाे कुरा काटन नसकेकाे प्रहरी उच्च स्राेतकाे दावी छ ।
विहिबार सरूवा भएका मध्ये सन्तोषसिंह राठौर सर्लाही, अपराध महाशाखाका एसपी होविन्द्र बोगटीको स्याङ्जा राजेन्द्र धमला सप्तरी, तुलबहादुर कार्की नुवाकोट ,राजन अधिकारी सिन्धुपाल्चोक, सन्तोषकुमार भट्टराई पाल्पा, प्रवीणलाल श्रेष्ठ गुल्मी, प्रकाश मल्ल पूर्वनवलपरासी मा सरूवा भएका छन् ।





काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...