भदौं १६ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, कतार, साउदी अरब र कुवेतबाट हुने उडानमा राेक – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

भदौं १६ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, कतार, साउदी अरब र कुवेतबाट हुने उडानमा राेक


नयाँ विकल्प,


काठमाडाैं-सरकारले आगामी भदाैं १६ गते देखि अन्तराष्ट्रिय उडान संञ्चालन गर्ने निर्णय गरेकाे छ । तर नेपाल आउने यात्रुले भने स्वास्थ्य मापडण्ड पुरा गरेकाे हुनु पर्ने छ ।

सरकारले काेराेना संक्रमण कम भएका र स्वास्थ्य परिक्षण विश्वसनीय भएका मुलुकबाट काेराेना संक्रमण नभएकाे पुष्टि पछि मात्र नेपाल उडानका लागि स्विकृती दिने गरे मापदण्ड तयार गर्ने जनाएकाे छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ बताए ।

सरकारले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेकाे खतिवडाले जानकारी गराए ।

सरकारले पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै नेपाल आउने यात्रुकाे पिसिआर अनिवार्य गर्ने निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाए।

सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने जनाएको छ। त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ।

त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ। स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्नेछ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ भाद्र ५, २०: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ भाद्र ५, २०: ०३

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ भाद्र ५, २०: ०३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...