
नयाँ विकल्प,
काठमाडौ । अफ्रिकी मुलुक मौरिससको अवैतनिक वाणिज्य दूतमा गणेश कार्की नियुक्त भएका छन् ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का उपाध्यक्ष कार्कीलाई मौरिससका राष्ट्रपति पृथ्वीराज सिंह रुपुनको पत्रको आधारमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवलीले चार वर्षको लागि भदौ ४ गतेबाट लागू हुने गरी मौरिससको अबैतनिक वाणिज्य दूतमा नियुक्त गरेका हुन् ।
आगामी १९ अगष्ट २०२४ सम्मको लागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा लागू हुने गरी कार्कीलाई नियुक्त गरिएको छ ।
सिंगटी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कार्कीले एक दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेका छन् । गत साता मात्र सम्पन्न इपानको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित कार्की गेजुरियो कराते संघका अध्यक्ष हुन् ।
झापाको कमल गाउँपालिकामा माध्यमिक शिक्षा आर्जन गरेका कार्कीले जलविद्युतका अतिरिक्त स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत लगानी गरेका छन् । ‘हिन्दु बाहुल्य मौरिससको नेपालमा दूतावास नभएकोले नेपाल र मौरिससका बीच लगानी प्रवर्धन र पर्यटनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सहजीकरणको भूमिका खेल्ने छु’, कार्कीले नयाँ विकल्प डटकमसँग भने ।
अफ्रिकी मुलुक मौरिस पर्यटकिय क्षेत्रको लागि ख्याति कमाएको देश हो । भारतीय मूलका हिन्दुहरुको बाहुल्य रहेकोले नेपालमा लगानी भित्र्याउने र मौरिससमा बैदेशिक रोजगारीको सम्भावना भएकाले त्यसतर्फ आफूले प्रयास गर्ने कार्कीले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...