काँग्रेसमा नेता प्रधान भन्दा-नीति प्रधान हुन जरुरी – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

काँग्रेसमा नेता प्रधान भन्दा-नीति प्रधान हुन जरुरी


दुर्गा प्रसाद गौतम

काठमाडाैं–मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको चौधौं महाअधिवेशनको चर्चा परिचर्चा शुरु हुन थालेको छ ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रकोप नेपालको परिप्रेक्षमा पनि पछिल्लो समय बढ्दै जाँदा यसले काँग्रेसको तय गरिएको महाअधिवेशनको तिथिमितिलाई के कस्तो प्रभाव पर्छ भन्ने कुरा आउँदा दिनमा कोरोना भाइरसको नेपालमा पार्ने प्रभावले नै तय गर्ने जस्तो देखिन्छ ।

तथापी दुई चार महिना ढिलो वा चाँडो नेपाल काँग्रेसको महाअधिवेशन भने निश्चित नै छ । यसै कारण पनि यस पार्टीको चौधौ महाअधिवेशनको सरगर्मी बढ्दै गइरहेको छ । महाअधिवेशनको सरगर्मी बढेसँगै उक्त पार्टीको नेतृत्व कसरी चयन हुन्छ भन्ने कुराको चासो सर्र्वत्र हुन थालेको छ ।

पछिल्लो समय काँग्रेसको चौधौ महाअधिवेशनको चर्चा केवल काँग्रेस नेता, कार्यकर्ताहरुमा मात्र सिमित नभई सो समाज, आमजनमानस र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो र चर्चाका साथ हेर्न थालिएको छ ।

महाअधिवेशनको सुनिश्चितताका लागि नेपाली काँग्रेसले सक्रिय सदस्यहरुको सदस्यता नविकरणको कार्य र नयाँ सक्रिय सदस्यहरु थप गर्ने कार्यलाई तीव्रता दिइ रहेको छ । यो प्रक्रिया सदस्य नविकरण तथा नयाँ थप कार्यको थालनीसँगै स्थानीय, क्षेत्रीय, केन्द्रीयस्तरसम्मका नेता तथा कार्यकर्ताहरु महाअधिवेशनलाई नै लक्षित गरेर आफ्नो भेटघाटलाई तिव्रता दिन थालिसकेका छन् ।

कतिपय केन्द्रिय स्तरका नेताहरुले त अनौपचारीक रुपमा केन्द्रिय पदाधिकारीको विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारीको दाबी गर्ने र सम्र्पक कार्यालयनै खोलेर कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेको देखिन्छ ।

तथापि स्पष्ट खाका सहितको प्यानल सहितको पदाधिकारीहरुको औपचारीक दाबी भने सार्वजनिक भैसकेको छैन । तेह्रौ महाअधिवेशन कै समिकरणलाई हेर्ने हो भने काँग्रेस तात्कालीन समयमा स्पष्ट तीन गुटमा विभाजित थियो । जुन कोइराला गुट, सिटौला गुट र देउवा गुटका नामले चिनिन्छ । यही सिटौला गुटको उदयको कारणले गर्दा नै तेह्रौ महाअधिवेशनको नेतृत्व देउवा गुटले हात पार्न सफल भएको हो भन्ने चर्चा हालसम्म पनि काँग्रेसी वृत्तमा छँदैछ ।

कुनैपनि पार्टीको महाअधिवेशन साँचो अर्थमा भन्नुपर्दा पार्टीलाई पुनजिवित दिने, जीवन्त बनाउने एक प्रक्रिया हो । महाधिवेशनले नै पार्टीले हिजो लिएका नीतिहरु देश समाज अनुकुल रहे कति प्रतिकुल रहे, आगामी दिनमा के कस्तो निति तथा विचारलाई अगाडि लिएर जाँदा पार्टी जनताकोबिच विश्वास तथा भरोसाको केन्द्र बन्न सक्छ भन्ने कुराहरुको छिनोफानो गर्ने कार्य गर्दछ ।

महाअधिवेशनले नै पार्टीका विगतमा भएका गल्ति कमिकमजोरीहरुलाई हटाई समय सन्र्दभ र समाजको आवश्यकता अनुसार आफ्नो निति तर्जुमाका साथ पेश गर्दछ र सो नितिको अनुमोदनबाट नै नयाँ कार्यादेश लिएर पार्टी जनताबिच जान्छ र सो जनतालाई उचित लागेमा आम निर्वाचनकमा जनताले आफ्नो जनमतद्वारा पार्टीको कार्य पद्धति र नितिको अनुमोदन बहुमत दिएर गर्दछन् ।

अन्यथा जनमत जाहेर गर्दैनन् र पार्टी सरकारमा जाने अवसरबाट वञ्चित हुन्छ । जनमत जाहेर भएन भने पार्टीले जतिसुकै नीति प्रख्यात छु भनेपनि व्यवहारमा यसको विश्वासनीयता शुन्य प्राय हुन्छ । अतः आउँदै गरेको नेपाली काँग्रेसको महाअधिवेशनले निःशन्देह भविष्यको नेपालका लागि एउटा सशक्त आधार तय गर्न सक्नुपर्छ ।

यदी यसो नभएर यो महाअधिवेशन केवल परम्परागत नेतृत्वको निरन्तरताका लागि मात्र भयो भने यसले नेपाली काँग्रेसको परम्परागत नेतृत्व चयनको परिपाटीलाई त निरन्तरता देला तर मुलुक र जनताका लागि कुनै नौलौपन दिन सक्ने छैन । यदी यसो भएका यो स्वयम काँग्रेसको भविष्यका लागि नै जोखिम र चुनौति हुने छ ।

त्यसैले चौधौ महाअधिवेशमा विभिन्न जिल्ला तथा क्षेत्र र स्थानीय निकायहरुमा बुथ प्रतिनिधिहरु तथा स्थानीय नेतृत्व चयन गर्दादेखी नै काँग्रेसलाई सक्रिय कार्यकर्ताहरुले आफ्नो आफ्नो ठाउँबाट प्रतिनिधि छनौट गर्दा नै भोलिको काँग्रेसको नीति तर्जुमा केन्द्रियतामा आधारित भएर नीति छनोट तथा निर्माण गर्न सक्ने महाअधिवेशन तथा महासमिति सदस्यहरुको कर्मठ काँग्रेसी नेता तथा कार्यकर्ताहरुको छनोट गर्नुपर्ने देखिन्छ ।

यदी यसो भएमा विभिन्न जिल्लाहरुबाट चुनिएर आएका महाअधिवेशन तथा महासमिति सदस्यहरुले आगामी चौधौ महाअधिवेशनलाई केन्द्रियतामा आधारित नीति तथा कार्यक्रम तय गरी जनतामा नयाँपन दिन सक्छन् र सही अर्थमा आगामी चौधौ महाअधिवेशले देश र जनताको लागि केही दिन्छ भन्ने जनविश्वास जागृत हुनेछ ।

अन्यथा काँग्रेस केवल तेह्रौ महाअधिवेशनमा नै खडा भएको गुट तथा उपगुटको भूमरीमा फसेर चौधौ महाअधिवेशनबाट पार्टीलाई दिनसक्ने जीवन्ताको सवालमा चुक्नेछ । त्यसैले बेलैमा विचार र नीतिको रणनीतिलाई काँग्रेसीजनले तल्लो तहदेखि माथिल्लो तहसम्म स्थापित गर्ने बाटाहरु तय गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ ।


जीवन्तपार्टीमा गुट तथा उपगुट स्वभाविक प्रक्रिया भएता पनि केवल नेतृत्व प्राप्त गर्नका लागि मात्र खडा गरिएको गुट तथा उपगुटले वास्तविक नैतिक विचार आर्दश तथा क्षमतामा भने क्षयिकरण हुन्छ भन्ने कुृरा बुझ्न जरुरी छ ।

पार्टीभित्र गुट तथा उपगुट हुन र त्यसले अधिवेशनका समयमा आफ्नो गुट तथा उपगुटको पार्टीभित्र वर्चश्व कायम गर्न खोज्नु तथा कतिपय सन्र्दभमा गुटको वर्चश्व कायम गर्न खोज्नु तथा कतिपय सन्दर्भमा गुटको वर्चश्वको निरन्तरताका लागि कसरत गर्नु स्वभाविक प्रक्रिया हो ।

वर्तमान विश्व राजनीतिमा कम्युनिष्ट पार्टीहरुमा समेत अन्तरद्वन्द्वहरु केवल नेतृत्वका लागि गुट तथा उपगुट र फुटमा छताछुल्ल भै रहेको सन्दर्भमा लोकतान्त्रिक पार्टीमा महाअधिवेशनका सन्दर्भमा देखिने गुट तथा उपगुट ठुलो र नौलो विषयवस्तु नभए पनि पार्टी महाअधिवेशन पश्चात यस्ता गुट तथा उपगुटको व्यवस्थापनमा देखा पर्ने चुनौतिहरुले भने पार्टीको जिवन्ततामा नै असर पु¥याई रहेको हुन्छ । त्यसैले अधिवेशनका बेला श्रृजना हुने नेतृत्वको चुनौति तथा असर दुवै हो ।

सही व्यवस्थापन भए यसले नेतृत्वलाई उर्जा प्रदान गर्दछ । यदी व्यवस्थापन असहज भएमा नेतृत्वको कार्य विफलताको प्रमुख कारक तत्व नै यही हुन जान्छ । नीति प्रदान नेतृत्वको जगमा मात्र यि सबै कुराहरुको सामनजस्यता प्राप्त गर्न सकिन्छ ।


नेपाली काँग्रेसले चौधौ महाअधिवेशनको तयारी गरी रहँदा यसले आफ्नो आगामी अधिवेशनको एजेण्डा छिटै तय गरी गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनहरुमा छलफल गराउने परिपाटीको विकास गरोस् ताकी तल्लो तह र तप्काका नेता तथा कार्यकर्ताहरु नै आगामी महाअधिवेशनका एजेण्डामाथि घनिभूत छलफलमा भाग लिई भोली केन्द्रियताबाट अनुमोदन हुने पाटी विचार तथा नीति सम्बन्धमा आफै प्रष्ट हुने अवसर प्राप्त गरुन् नकी गाउँ, नगर, जिल्ला अधिवेशनले पदाधिकारी र केन्द्रिय अधिवेशनको लागि प्रतिनिधि मात्र चयन गरोस् ।

यसो भएमा मात्र काँग्रेसले आफ्नो चौधौ महाअधिवेशन मार्फत मुलुक, जनता र स्वयम काँग्रेस पार्टीका लागि पनि नयाँ कार्यदिशा तय गरेको छ भनि जनतालाई विश्वास दिलाउन सक्छ । अन्यथा वैचारिक सुन्यतामा सम्पन्न हुने महाअधिवेशनले काँग्रेस पार्टीलाई परम्परागत नेतृत्वको निरन्तरता त दिन सक्ला ।

तर वर्तमान समयले माग गरे अनुसारको जीवन्तता भन्ने पक्कै दिने छैन ।
अतः नेपाली काँग्रेसको आगामी चौधौ अहाअधिवेशनले पार्टीलाई जीवन्त दिँदै मुलुक र जनताले वर्तमानमा भोग्नु परेका विभिन्न समस्याहरुको दीर्घकालीन समाधानको कार्यदिशा कोर्न सकोस् ताकी जन नायक वी.पी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई पश्चात् नेपाली काँग्रेसमा हाबी हुँदै गएको व्यक्ति प्रदान असहिष्णु पद्धतिलाई विचार प्रदान नीति निर्देशित पद्धतिद्वारा विस्थापित पार्न सकोस् ।

यसका लागि नेपाली काँग्रेसको युवा नेतृत्व पंक्तिमा जोस्, होस् सुझबुझ र नीति प्रदान पद्धति र व्यवहारको विकास हुन जरुरी छ । यदी यसो नभई हिजो जस्तै नेताका वरिपरी हुने प्रक्रियाको आधारमा नै गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिहरु चुनिएर आउने र तिनीहरुले आफ्नो विवेकमा ताल्चा लगाई नेताहरुको डेरा चहार्ने प्रवृत्ति नै हाबी भएमा नेपाली काँग्रेसले त पक्कै हिजोको जस्तै परम्परागत नेतृत्व प्राप्त गर्ने छ ।

तर जीवन्त जुझारु नीति सहितको विधिबाट निर्देशित हुने वर्तमान समस्याबाट मुलुकलाई निकास दिन सक्ने काँग्रेस पार्टी भने प्राप्त हुने छैन भन्ने कुराको चेतना सम्पूर्ण काँग्रेसीजनहरुमा हुन जरुरी छ ।
(लेखक आर्यस्कुल सीतापाईलाका संस्थापक प्रिन्सिम्पल हुन्)

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र ९, १६: ४७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र ९, १६: ४७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र ९, १६: ४७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...