नेपालमा स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृंखला व्यवस्थापन परियोजना सुरु – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

नेपालमा स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृंखला व्यवस्थापन परियोजना सुरु

काठमाडौं : भारत सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृंखला व्यवस्थापन परियोजना सुरु गरेको छ। यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत अघि बढाइएको भारतीय राजदुतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

२०७२ साउन १६ गते नयाँ दिल्लीमा शुभारम्भ गरिएको उक्त पहलले नेपालको सार्वजनिक खाद्य आपूर्ति प्रणालीलाई सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ।

पहिलो चरणमा आवश्यकता मूल्याङ्कन तथा सरोकारवालाको संलग्नता रहनेछ।

दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र भारतीय विशेषज्ञहरूसँगको अन्तरक्रिया तथा अध्ययन भ्रमण समावेश हुनेछ।

अन्तिम चरणमा दीर्घकालीन कार्ययोजना निर्माण गरिनेछ।

यस परियोजनाको प्रशिक्षण पक्ष भारतको आइटेक कार्यक्रममार्फत सञ्चालन हुनेछ। दूतावासका अनुसार सन् २००१ यता ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले आइटेक अन्तर्गत भारतमा तालिम लिइसकेका छन्।

नेपालमा भारतको सफल सार्वजनिक वितरण प्रणाली (PDS) को अनुभवबाट सिक्दै चामल आपूर्ति श्रृंखलामा सुधार ल्याउनु यस परियोजनाको मुख्य उद्देश्य हो। यसले विशेषतः खरिद प्रक्रिया, तथ्याङ्क संकलन, दक्ष कार्यबल विकास, र डिजिटल प्रविधिको प्रयोगमा टेवा पुर्‍याउनेछ।

लाभार्थी व्यवस्थापन, भण्डारण तथा वितरण मोडेल, अनुगमन तथा मूल्याङ्कन प्रणाली, गुनासो निवारण संयन्त्र तथा दिगो विकास लक्ष्यमा योगदान मुख्य ध्यान दिइने क्षेत्र हुन् ।

सन् २०२३ को सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको ७८औं सत्रको अवसरमा घोषणा गरिएको भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत कार्यान्वयनका लागि विश्व खाद्य कार्यक्रमको सहकार्यमा नेपालमा यो परियोजना समेत चयन गरिएको हो।

दूतावासका अनुसार उक्त परियोजनाले भारत र नेपालबीचको बलियो विकास साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, दक्षिण-दक्षिण सहकार्यका माध्यमबाट नवप्रवर्तनहरू साझा गर्दै खाद्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने उद्देश्य यसले राखेको छ।

सम्बन्धित समाचार

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८२ श्रावण १८, ११: ४७

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
  • २०८२ श्रावण १८, ११: ४७

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८२ श्रावण १८, ११: ४७

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...