
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले साहविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
मेयर साहले नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्काबापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको अख्तियारको ठहर छ ।
बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा साहले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिमाना र कैद सजायको मागदाबी लिएको छ ।
काठमाडौं : दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने भए पनि केही खेल...
जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको छ...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार...