विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न माग गर्दै रास्वपाले अभियान चलाउने – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न माग गर्दै रास्वपाले अभियान चलाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

त्यस्तै पार्टी सभापति रवि लामिछानेका लागि जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको बताए । पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको उनले बताए ।

उनले पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरेको पनि बताए ।

रवि लामिछानेका लागि राजनीतिक, कानुनी, प्रशासनिक तवरमा न्यायका लागि प्रयास जारी राख्ने तर जनताको अदालतबाट न्याय पाइने उनले बताए ।

सम्बन्धित समाचार

बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
  • २०८२ श्रावण २३, १८: ४७

काठमाडौं : व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली...

अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त !
अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त !
  • २०८२ श्रावण २३, १८: ४७

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधतामाथि उठेको विवादको कानुनी तथा व्यावहारिक औचित्य समाप्त भएको वरिष्ठ कानुन व्यवसायी ऐदुकुमार खनालले...

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८२ श्रावण २३, १८: ४७

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...