आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


काठमाडौं : श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८२ श्रावण ३१, ०७: ५३

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २...

नवलपुरमा जन्ती बोकेको बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
नवलपुरमा जन्ती बोकेको बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
  • २०८२ श्रावण ३१, ०७: ५३

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–११, अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ...

बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
  • २०८२ श्रावण ३१, ०७: ५३

काठमाडौं : व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली...