

बाबुराम पाैडेल
काठमाडौं–कोरोना संक्रमण (कोभिड–१९) को माहामारीबीच आफ्नो स्वास्थ्यको समेत पर्वाहा नगरी निरन्तर रुपमा काममा खटिएका पत्रकार निकालिएपछि कान्तिपुरमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका छन् ।
कान्तिपुर मिडिया ग्रुप अन्तर्गगतको कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार गैरकानुनी रुपमा निकाल्न थालेपछि टेलिभिजन संवद्ध कर्मचारी संघले आन्दोलन सुरु गरेको छ ।
नेपालमा सवैभन्दा बढि आर्थिक कारोवार गर्ने मिडिया कान्तिपुर मिडिया ग्रुपमा आर्थिक घराना लगायत गैर नेपाली संघका पूर्व पदाधिकारीको समेत लगानी रहेको छ ।
सो टेलिभिजनले गैरकानुनी रुपमा कर्मचारी निकाल्ने, श्रमजीवी ऐन लागु नगर्ने तथा सरकारले जारी गरेकाे निर्देशिका समेत पालना नगरेको आरोप लगाउदैं कान्तिपुर मिडिया अन्तरर्गतको कर्मचारी यूनियन आन्दोलनमा उत्रेको हो ।
टेलिभिजन स्रोतका अनुसार नियमित टेलिभिजनको काममा खटिएका ४० बढि श्रमजीवी पत्रकारलाई ब्यवस्थापनले कामबाट निस्कन दवाब दिएकाे छ ।
मंगलबार कान्तिपुर टेलिभिजन कर्मचारी संघले ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् ।
संघले यसअघि विज्ञप्ति मार्फत कान्तिपुर मिडिया ग्रुप तथा टेलिभिजन ब्यवस्थापनसंग अन्यायपूर्ण रुपमा जागिरबाट निकालिएका पत्रकार तथा कर्मचारीलाई पुर्नवहाली गर्न माग गरेको थियो ।
संघले राखेको माग पुरा नगरी उल्टै ब्यवस्थापनले थप श्रमजीवी पत्रकार निकाल्न थालेपछि संघ आन्दोलनमा उत्रिन बाध्य भएको जनाइएको छ ।
संघले कोरोना संक्रमणको महामारीका विच पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा वर्षौदेखि कार्यरत कर्मचारीहरुलाई गैरकानुनी रुपमा जागिरबाट हटाएको प्रति आपत्ती जनाएको छ ।
कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई कामबाट निकालिएको छ । भने अन्य कर्मचारीलाई काम छाडन दावाब दिइएको छ ।
संघकी अध्यक्ष निर्मला बस्नेतद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा ,जवरजस्ती कामबाट निकालिएका श्रमजिवी पत्रकार तत्काल पुर्नवहाली गर्न, संघका माग कार्यान्वयन गर्न, श्रमजिवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीको सामाजिक सुरक्षाको भत्ताको तत्काल कार्यान्वयन गर्न, कोरोना संक्रमणका बेला सरकारले श्रमजिवि पत्रकार तथा कर्मचारीहरुको रोजगारी सुनिश्चितका लागी जारी गरेको निर्देशीका पूर्ण कार्यन्वयन गन माग गरिएको छ ।
संघले नियमित काममा लागि फिल्डमा खटिएका पत्रकारको लागि संक्रमण जोगिन न्युनतम स्वास्थ्य उपकरणको ब्यवस्थापनगर्न, कर्मचारीको हक हितमा खटिएका पदाधीकारीलाई कामबाट निकाल्ने काम अन्त्य गर्न माग गरेको छ ।
संघले टेलिभिजनमा लामो समय देखि अस्थाई रुपमा काम गरिरहेका पत्रकार तथा कर्मचारीलाई तत्काल स्थायी गर्न, श्रमजिवि पत्रकार तथा कर्मचारी माथी भैरहेको श्रम शोषण र अत्याचार बन्द गर्न माग गरेको छ ।
त्यस्तै काममा खटिएका कर्मचारीलाई पुर्व जानकारी विना कामबाट हटाउने कार्य बन्द गर्न तथा आधिकारीक प्रतिष्ठान कान्तिपुर टेलिभिजन कर्मचारी संघलाई आधिकारीक रुपमा काम गर्ने काम गर्ने वातावरण बनाउँन माग राख्दै आन्दोलन सुरु गरिएको छ ।
रोजगारीबाट निकाल्ने भनेर मौखिक जानकारी गराइएका कर्मचारीहरुको रोजगारीको निरन्तरता र सुनिश्चितता गर्न व्यवस्थापन समक्ष माग गरेको छ
संघले ब्यवस्थापनसंग राखेका माग तत्काल पुरा नगरे बाध्यात्मक आन्दोलनको कारणबाट सिर्जना हुन सक्ने घटना र परिणामबारे व्यवस्थापन स्वयं जिम्मेबार हुने समेत चेतावनी दिएको छ
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...